२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराजाले दिल्लीबाट के सन्देश ल्याए ?

२०७६, १९ फाल्गुन सोमबार ०२:२१

फागुन १९, काठमाडौं । २०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व राजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले २०७६ फागुन ८ गते विश्वप्रसिद्ध स्वर्ण मन्दिरमा पूजापाठ गरेको थियो र त्यसको अघिल्लो दिन २०७६ फागुन ७ गते नेपालको प्रजातन्त्र दिवसका दिने अमृतसरमा नै कोमल राज्यलक्ष्म्ी शाहको जन्मोत्सब पनि पूर्वराजको टोलीले मनाएको थियो ।

२०६५ साल जेठ २९ गते राजगद्दी र राजदरबारबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले पटक पटक भारतको भ्रमण गरेका छन् । 

यसभन्दा अगाडि व्यक्तिगत र धार्मिक यात्रा गर्दै आएका भएपनि मुलुक राजतन्त्र समाप्त भएर गणतन्त्रमा प्रवेश गरेको ११ वर्ष पछि २०७६ फागुन ४ गते भारतको राजधानी नयाँदिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्रले पहिलोपटक राजनीतिक भ्रमण गरेको टिप्पणी काठमाडौंदेखि नयाँ दिल्लीसम्म समेत भएको छ । 

पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहले भारतको शीर्ष राजनीतिक व्यक्तिहरुसँग भेटघाट गरेर भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत भएर काठमाडौं आएका कर्ण सिंहले आगडि बढाएको त्रिपक्षीय सम्झौतालाई आफूले इमान्दारिपूर्वक निर्वाह गरेको भएपनि उक्त सम्झौताका अन्य पक्ष संसदवादी सात दलका साथै तत्कालीन विद्रोही माओवादी र मध्यस्थताको भूमिका निर्वाह गरेको भारतीय पक्ष इमानदार नभएको गुनासो व्यक्त गरेका स्रोतले बताएको छ । यो समाचार आजको साँघु साप्ताहिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो