फागुन १९, काठमाडौँ | नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै यूएई सरकारले दुबईबाट ३०जना नेपालीहरुलाई फिर्ता पाठाइएको छ | रोजगारीका लागि दुबई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै स्वदेश फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले बताएका छन् |
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक कामबाहेक नेपालीहरुलाई विदेश नजान सरकारले आग्रह गरेको छ | विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिममा राखेको छ | भिडभाडमा लामो समयसम्म नजान,बाहिर निस्कँदा मास्क लगाउन र भोजभतेर लगायतका काम नगर्न सरकाको अनुरोध छ |
चिनको हुवानबाट फैलिएको कोरोनाभाइरसले इटाली,अमेरिका,इरान,अस्ट्रेलिया,जपान लगायतका देशहरुमा मानिसको ज्यान गैसकेको छ | चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ |
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ | चीनबाहेक विश्वका अन्य १० देशका मानिसहरूको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ । इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
यस भाइरसका कारण विश्वभरी कम्तीमा ८९ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा सङक्रमण भएको पुष्टि भएको छ ।
बेलायतमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपतकालीन बैठक बोलेका छन् | चीनपछि सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ५०० जना सङ्क्रमित भेटिएका छन् । त्यहाँ ४ हजार २१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क रहेको समाचारमा जनाइएको छ | विश्व भरी कोरोनाभाइरसको त्रास बढेको छ | विश्व स्वास्थ्य संगठनले भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ |