२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै दुबई सरकारले ३० नेपालीलाई स्वदेश पठायो

२०७६, १९ फाल्गुन सोमबार ११:३३

फागुन १९, काठमाडौँ | नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै यूएई सरकारले दुबईबाट ३०जना नेपालीहरुलाई फिर्ता पाठाइएको छ | रोजगारीका लागि दुबई हुँदै बहराइन जान लागेका नेपालीलाई नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश भन्दै स्वदेश फिर्ता पठाएको परराष्ट्र मन्त्री ज्ञवालीले बताएका छन् |

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले अत्यावश्यक कामबाहेक नेपालीहरुलाई विदेश नजान सरकारले आग्रह गरेको छ | विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको उच्च जोखिममा राखेको छ | भिडभाडमा लामो समयसम्म नजान,बाहिर निस्कँदा मास्क लगाउन र भोजभतेर लगायतका काम नगर्न सरकाको अनुरोध छ | 

चिनको हुवानबाट फैलिएको कोरोनाभाइरसले इटाली,अमेरिका,इरान,अस्ट्रेलिया,जपान लगायतका देशहरुमा मानिसको ज्यान गैसकेको छ | चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ | 

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ | चीनबाहेक विश्वका अन्य १० देशका मानिसहरूको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ । 

यस भाइरसका कारण विश्वभरी कम्तीमा ८९ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ ।  त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा सङक्रमण भएको पुष्टि भएको छ ।

बेलायतमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमवार आपतकालीन बैठक बोलेका छन् | चीनपछि सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ५०० जना सङ्क्रमित भेटिएका छन् । त्यहाँ ४ हजार २१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क रहेको समाचारमा जनाइएको छ | विश्व भरी कोरोनाभाइरसको त्रास बढेको छ | विश्व स्वास्थ्य संगठनले भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ |




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै