2026-06-25 02:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसबाट बच्नका लागि भिडभाडमा नजान र होलि नमनाउँन डाक्टरहरुको सुझाव

2020-03-03

फागुन २०,काठमाडौँ | विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रास निकै बढेको छ | उक्त भाइसबाट जोगिन अर्थात सङ्क्रमणलाई मध्यनजर गर्दै नजिकिदै गरेको होलि पर्व नमनाउन डाक्टरहरुले सुझाव दिएका छन् |

सोमबार सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मार्फत सम्भावित जोखिमबाट बच्नका लागि होलि नमनाउन आग्रह गरिसकेका छन | औपचारिक रुपामा रंग पर्व होलि सुरु भइसकेको छ | 

काठमाडौँको वसन्तपुरमा हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलनअनुसार मङ्गलबार बिहान लिङ्गो ठड्याइएको छ | उक्त पर्वमा पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन डाक्टरहरुले सुझाव दिएका छन् | होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ । यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने भएकाले नमनाउन डाक्टरको आग्रह छ |

त्यस्तै होली उत्सव नमनाउन र ठूला जमघट नगर्न,भिडभाडमा नजान भनिएको छ | नेपाल कोरोना भाइरसबाट मुक्त रहेको भन्दै हुनसक्ने संक्रमणबाट जोगाउनका लागि सबै सचेत बन्नुपर्ने र जोखिम बढ्न नदिन सरकारले पनि विभिन्न कदम चालिरहेको मन्त्री प्रदीपकुमार ज्ञवाली बताएका छन् |

भीडभाड र उत्सवमा तीव्र रूपमा फैलिने भएकाले कोरोना भाइरस विश्वभरि नै खतरनाक मानिएको छ | दिनदिनै विश्वभरी कोरोना सक्रमण व्यक्तिहरुको संख्या बढिरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा