२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसबाट कसरी बच्ने ? अपनाउनुहोस् यी उपाय

२०७६, २० फाल्गुन मंगलवार ११:४४

फागुन २०, काठमाण्डौ | चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड-१९)ले विश्व नै आतंकित बनेको छ | विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण विश्वको भविष्य नै अनिश्चित भएको चेतावनी दिएको छ | हाल सम्म विश्वका ७५ भन्दा बढी देशमा उक्त भाइरसको संक्रमण फैलिसकेको छ | 

सबैभन्दा बढी मानिसको मृत्यु चिनमा भएको छ भने त्यसपछि दक्षिण कोरियामा | इटाली,अमेरिका,कतार,जापान अस्ट्रेलिया,दुबई,भारतलगायतका देशहरुमा कोरोना भाइरसका संक्रमित व्यक्तिहरु फेला परिसकेका छन् | अनौठो भाइरस भएका कारण हाल सम्म केहि पत्ता नलागेको र यसबाट बच्न उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह छ | केहि दिन अगाडी मात्रै नेपाल कोरोनाभाइरसको उच्च जोखिममा रहेको भन्दै ३० जना नेपालीहरुलाई युएई सरकारले दुबईबाट स्वदेश फिर्ता पठाएको छ | नेपालमा पनि कोरोनाभाइरस संक्रमणको बिषयलाई लिएर निकै त्रास बढेको छ | सरकारले होलि नमनाउन आग्रह गरेको छ | एकठाउँमा जमघट नहुन,भिडभाडमा नजान,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजान र बाहिर निस्किदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न सुझाव दिइएको छ |

हाल सम्म नेपालमा एकजनामा मात्र कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ | अघिलो साता र आइतबार कोरोनाको आशंकामा शुक्रराज सरुवा रोग केन्द्रमा भर्ना भएका पाच जनामा नै कोरोना नभएको पुष्टि भएको अस्पतालले जनाएको छ |

कोरोना भाइरस के हो ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कोरोना भाइरस विभिन्न प्रकारका छन्  | यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो | अरु कोरोना भाइरस भन्दा यो भाइरसले तिब्र रुपमा मान्छेमा संक्रमण गरिरहेको छ | चिकित्सकहरुले निकै भयानक भाइरस भएको बताएका छन् |

लक्षणहरु के छन्  ?

कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण भने रुघाखोकी हुन्छ | जाडोको समयमा रुघाखोकी लाग्नु पनि सामान्य मानिन्छ | त्यसकारण यसबाट मानिसहरु  झुक्किन सक्छन |  रुघाखोकी जस्तै लागेपनि यो भाइरसले संक्रमण गरिसकेपछि क्रमस उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ | यो भाइरस उटा प्रजातिको जीवबाट अर्कोमा सर्छ | यसरी सर्दै मान्छे-मान्छे बिचपनि सर्ने गर्छ |

बच्ने कसरी ?

मुख्य त यो भाइरसबाट बच्ने उपाय भनेको सरसफाईमा ध्यान दिनु र होसियारी अपनाउनु हो | रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने गर्नु पर्छ | नियमित रुपमा साबुन पानीले हात धुने,खोक्दा र हाक्षु गर्दा नाकर मुख छोप्ने,फ्लु जस्तो देखिएमा जोकोहीको सम्पर्कबाट टाढा रहने,फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकको परामर्श लिने,जंगली तथा घरेलु पशुपंक्षीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु/अण्डा राम्रोसंग पखालेर मात्र खाने |

बाहिर निस्किदा मास्कको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा