सचिन्द्र श्रेष्ठ | फागुन २१, दुबई | चीनबाट शुरु भएको कोरोना भाइरसको बढ्दो त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ८० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिसकेको छ |
यही रोगबारे यूएई स्थित नेपाली दुताबासले यूएईमा बस्ने संपूर्ण नेपाली लाई सतर्क रहन आग्रह गरेको छ | घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने,काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने,जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने,संक्रमण फैलिएको देश को भ्रमण नगर्ने,भोज भतेर ,सभा देखि टाढा रहन सुझाव दिएको छ | दूतावासले यस रोगको संक्रमण नेपाली समुदायमा देखिएमा शंका लागेको थाहा भए दूतावासमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ |
हाल सम्म कोरोनाका कारण ३ हजार १ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट दक्षिण कोरियामा ३४, इरानमा ७७ र इटलीमा ५२ जनाको मृत्यु भएको छ भने विश्वभर कोभिड–१९ कोरोना संक्रमितको संख्या ९२ हजारभन्दा बढी रहेको छ |
