सम्राट सिंह | बझाङ ३१ असार |  सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड खोलामा भिषण बाढी आएको छ । दिउसो ४ वजे तिर सुरु भएको बाढीले सदरमुकाम चैनपुर जोड्ने झोलुङगे पुल बगाएको छ । १ सय ५ मिटर लामो यो पुल २०४३ सालमा बनेको जिल्लाका दोस्रो पुरानो पुल हो । पुल नजिकै रहेका ३ वटा पसल बगाएको छ । पुल बगाउदा पुलको लठ्ठाले लछारिएर ३ वटा पसल भत्किएका छन ।

पानीको बहाव नघटेकाले नजिक रहेका घरहरु पनि भत्किने अवस्थामा पुगेका छन । बाहुली गाड आसपासका घरहरु खाली गरिएका छन । जोखिम बढ्दै गएकोले सदरमुकामबासीलाई सतर्क रहन जिल्ला दैविप्रकोप उद्धार समितिले स्थानिय रेडियोबाट सचेत गराइरहेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरिक्षक, नेपाली सेनाका सेनानी आफै खटेर स्थानियलाई सुरक्षित स्थान तर्फ जान अनुरोध गरिरहेका छन ।

सम्भावित जोखिमलाई ध्यान राखेर व्यापक प्रहरी परिचालन गरिएको छ भने नेपाली सेनालाई पनि सर्तक अवस्थामा राखिएको छ । बाहुलीगाड आसपासका करिब ४० भन्दा बढी घरमा जोखिम रहेको छ । खोलाको पानीको मात्रा बढेर बहाव परिर्वन गरे चैनपुर बजारमा समेत जोखिम हुन सक्ने भन्दै प्रहरीले सतर्क रहन अनुरोध गरिरहेका छन । सदरमुकाम चैनपुरका घर पसल बन्द गरेर बाहुली खोलामा आएको बाढी हेर्न स्थानियको घुइचो लागेको छ ।

बाहुलीगाडको उदगम स्थल तिर पर्ने सुर्मा र दौलिचौर गाविसमा क्षति भएको हुन सक्ने अनुमान गरिए पनि विवरण आइसकेको छैन । १६ वर्ष पछि बाहुली गाडमा आएको यो ठुलो बाढी भएको स्थानियहरुले बताएका छन ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKअर्थ/विकासइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML