मनिष गुप्ता | असार ३१, कपिलवस्तु  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिष गुप्ता | असार ३१, कपिलवस्तु 
२०८३, १६ जेष्ठ शनिबार
अर्थ/विकास

सेवा प्रदायक निकायहरूलाई सार्वजनिक सुनुवाईकै चटारो

२०७३, १ श्रावण शनिबार १९:२३

मनिष गुप्ता | असार ३१, कपिलवस्तु  आर्थिक वर्षको समाप्तीसँगै यतिबेला सेवाप्रदायक संस्थालाई सार्वजनिक सुनुवाई भ्याउनकै लागि चटारो मचिएको छ ।

यतिबेला जिल्लाभरका गाविस तथा नगरपालिकाहरुलाई वर्षभरि गरेका क्रियाकलापलाई हरेक नागरिकमाझ पारदर्शी र जवाफदेही बनाउन सार्वजनिक सुनुवाई गर्न भ्याई नभ्याई भएको हो । सेवाप्रदायक संस्थाले जनगुनासो सुनेर कमीकमजोरीलाई क्रमिक सुधार गरी जनतालाई प्रदान गर्ने सेवा सुविधालाई सरल, सहज र प्रभावकारी रुपमा जनमुखी बनाउन सार्वजनिक सुनुवाई गर्दै आएका हुन् । जिल्ला विकास समितिका अनुसार जिल्लाका अधिकांश निकायले असारकै अन्तिम साताभित्रै सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेका छन् । यसैगरी केही गाविसले आर्थिकवर्षको समाप्तीसँगै अन्तिम दिनमा समेत सार्वजनिक सुनुवाई सम्पन्न गरेको बताइएको छ ।

गाविसका हरेक कार्यक्रम तथा पूर्वाधारलाई सुशासन, पारदर्शी र जवाफदेही बनाउन शिवगढी, खुरुहुरिया, गुगौली लगायतका गाविसमा सार्वजनिक सुनुवाई सम्पन्न भएका छन् । कार्यक्रममा मुख्य जवाफदेहीको रुपमा रहेका गाविस सचिव, स्वास्थ्य चौकी इन्चार्ज तथा गाविसस्थित अन्य सेवा प्रदायक संस्थाका प्रमुखले सहभागीबाट उठेका सवालको जवाफ दिएका थिए । कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च, समाजसेवी, बुद्धिजिवी, महिला समूहका प्रतिनिधि लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रम विकास, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाई लगायतका विषयवस्तुमाथि सवाल जवाफ गरिएको थियो । शिवगढी र खुरुहुरिया गाविसको सार्वजनिक सुनुवाईमा चन्द्रौटास्थित सामुदायिक रेडियो शिवराजका स्टेशन म्यानेजर चिन्ता परियार र गुगौली गाविसको सार्वजनिक सुनुवाई सामुदायिक रेडियो भ्वाइसका स्टेशन म्यानेजर संजीव गहतराजले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि