मनिष गुप्ता | असार ३१, कपिलवस्तु  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मनिष गुप्ता | असार ३१, कपिलवस्तु 
2026-10-31 01:55 PM
अर्थ/विकास

सेवा प्रदायक निकायहरूलाई सार्वजनिक सुनुवाईकै चटारो

मनिष गुप्ता | असार ३१, कपिलवस्तु । आर्थिक वर्षको समाप्तीसँगै यतिबेला सेवाप्रदायक संस्थालाई सार्वजनिक सुनुवाई भ्याउनकै लागि चटारो मचिएको छ ।

यतिबेला जिल्लाभरका गाविस तथा नगरपालिकाहरुलाई वर्षभरि गरेका क्रियाकलापलाई हरेक नागरिकमाझ पारदर्शी र जवाफदेही बनाउन सार्वजनिक सुनुवाई गर्न भ्याई नभ्याई भएको हो । सेवाप्रदायक संस्थाले जनगुनासो सुनेर कमीकमजोरीलाई क्रमिक सुधार गरी जनतालाई प्रदान गर्ने सेवा सुविधालाई सरल, सहज र प्रभावकारी रुपमा जनमुखी बनाउन सार्वजनिक सुनुवाई गर्दै आएका हुन् । जिल्ला विकास समितिका अनुसार जिल्लाका अधिकांश निकायले असारकै अन्तिम साताभित्रै सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेका छन् । यसैगरी केही गाविसले आर्थिकवर्षको समाप्तीसँगै अन्तिम दिनमा समेत सार्वजनिक सुनुवाई सम्पन्न गरेको बताइएको छ ।

गाविसका हरेक कार्यक्रम तथा पूर्वाधारलाई सुशासन, पारदर्शी र जवाफदेही बनाउन शिवगढी, खुरुहुरिया, गुगौली लगायतका गाविसमा सार्वजनिक सुनुवाई सम्पन्न भएका छन् । कार्यक्रममा मुख्य जवाफदेहीको रुपमा रहेका गाविस सचिव, स्वास्थ्य चौकी इन्चार्ज तथा गाविसस्थित अन्य सेवा प्रदायक संस्थाका प्रमुखले सहभागीबाट उठेका सवालको जवाफ दिएका थिए । कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च, समाजसेवी, बुद्धिजिवी, महिला समूहका प्रतिनिधि लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रम विकास, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाई लगायतका विषयवस्तुमाथि सवाल जवाफ गरिएको थियो । शिवगढी र खुरुहुरिया गाविसको सार्वजनिक सुनुवाईमा चन्द्रौटास्थित सामुदायिक रेडियो शिवराजका स्टेशन म्यानेजर चिन्ता परियार र गुगौली गाविसको सार्वजनिक सुनुवाई सामुदायिक रेडियो भ्वाइसका स्टेशन म्यानेजर संजीव गहतराजले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह