Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कतारमा तीनजना आप्रवासी कामदारहरुमा कोरोना संक्रमण भेटियो

By kit 2 मिनेट पढाइ

<p><b>फागुन २६, काठमाडौँ | </b>कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५&nbsp; पुगेको छ | सोमबार थप तिन जना आप्रवासी कामदारहरुमा कोरोनाआभाइरस देखिएको हो | भाइरस देखिएका बिरामीलाई आइसोलेशन वार्डमा तथा संगै कोठामा बस्ने र बिरामी संग घुलमिल भएका सबैलाई क्वारेन्टाइन राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ |<br></p><p>यसअघिका बिरामीहरु सबै इरानबाट फिर्ता ल्याईएका मध्यका मात्र थिए । मन्त्रालयका अनुसार संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको छ | योसंगै कतारमा भाइरस संक्रमितको संख्या १५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोहो |</p><p>भाइरस संक्रमित हुने नागरिकहरु कुन देशका र भाइरस संक्रमण कसरी भयो भन्ने बारे मन्त्रालयले कुनै जानकारी दिएको छैन । यद्यपि कडा निगरानीका साथ बिरामीलाई उपचार&nbsp; तथा अन्यलाई क्वारेन्टाइनमा राखिएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना न्यून रहेको मन्त्रालयले बताएको छ | चिनको हुवानबाट फैलिएको कोरोनाभाइरसले विश्वव्यापीरुप लिएको छ |</p>