2026-07-25 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारका लागि श्रम स्वीकृति दिन बन्द, नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि बन्द

मनोज पराजुली । फागुन २७, काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि कतार जानेहरुका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ ।  कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै श्रम स्वीकृति दिन बन्द गरिएको श्रम कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले साझा सवाललाई जानकारी दिए । 

हाल कतारको लागि भिसा आएका नेपालीको संख्या ३५ देखि ४० हजारको संख्या रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । कतार सरकारले नेपालीलाई प्रवेशमा रोक लगाएसंगै ठुलो सख्यामा नेपालीहरु प्रभावित भएको उनले बताए ।

नेपालमा कोरोनाको संक्रमण कसैलाई नदेखिएको भएपनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको सूचीमा राखेको छ । नेपालस्थित कतार भिसा सेन्टरको सेवा पनि मंगलबारबाट बन्द भएको छ । वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाको काम गर्दै आएको भिसा सेन्टर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको भिसा सेन्टरका  प्रमुख कार्यकारी अधिकृत गौरव क्षेत्रीले साझा सबाललाई जानकारी दिए । 

विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। 

सोहि अनुरुप कतारको इमिग्रेशनले नेपालमा रहेको भिसा सेन्टरबाट हुँदै आएको काम तत्कालका लागि बन्द गर्न निर्देशन दिएकोले हाललाई नयाँ प्रक्रियाको सबै सेवा बन्द गरिएको क्षेत्रीले बताए । तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुन: मेडिकल गर्नुपर्ने भएमा भने सेवा दिइएको उनले बताए ।

भिषा  सेन्टरबाट रोजगारीका लागि कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गरी कामदारको औंठा छाप लिई भिसा प्रदान गर्ने, कामदारले कतारस्थित रोजगारदातासँग सक्कली करारपत्रमा हस्ताक्षर गर्ने काम हुँदै आएको छ । जसका कारण नेपाली कामदार कतारले पुग्नासाथ आफ्नो परिचयपत्र पाउने गरेका छन् । 

गत जेठ १५ गते देखि राजधानीको महाराजगंजस्थित चक्रपथमा भिषा सेन्टर संचालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक