२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा छापा

२०७६, २७ फाल्गुन मंगलवार १४:३९

फागुन २७, काठमाडौँ | वैदेशिक रोजगारमा पठाउने भन्दै चर्को रकम अशुली गर्ने ललितपुरको महालक्ष्मीस्थान चोकमा रहेको साउण्डलाइन्स रिक्रुटमेण्ट म्यानपावरमा बैदेशिक रोजगार बिभागले छापा हानेको छ । 

बहराइनमा कुक पदमा ४५ हजार तलब पाउने बिज्ञापन देखेपछि बैतडीका केशवदत्त जोशीले साउण्डलाइन्स रिक्रुटमेण्ट प्रा.लि.मा आवेदन दिएका थिए । विज्ञापनमा हवाई टिकट र लागत सबै रोजगारदाता कम्पनीले बेहोर्ने कुरा उल्लेख गरिएको भए पनि म्यानपावरका कर्मचारीले ७५ हजार मागेपछि पिडित जोशीले म्यानपावर विरुद्ध वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए । जोशीले विभागका महानिर्देशक कुमार प्रसाद दाहालको मोबाइलमा सिधा सम्पर्क गरेर आफूलाई म्यानपावरले चर्को लागत रकम माग गरेको भन्दै गुनासो सुनाएपछि विभागका महानिर्देशकले विभागमा आउन भनेका थिए । 

जोशीले विभागका अधिकृत तीर्थराज कट्टेलको साथमा म्यानपावर पुगेर छापा हान्ने काममा सहयोग गरेका थिए । विभागको टोलीको साथमा म्यानपावर पुगेका जोशीले म्यानपावरमा पुगेर कर्मचारी विकेश प्रजापतिलाई ३० हजार रुपैयाँ बुझाएका थिए । लगत्तै वैदेशिक रोजगार विभागको टोलीले नगदसहित म्यानपावरका कर्मचारी विकेश प्रजापतिलाई पैसा सहित समात्न सफल भएको थियो । 

विभागको टोलीले म्यानपावरमा छापा हानेर म्यानपावरका केहि कागजात जफत गरेको छ । म्यानपावरबाट जफत भएको नगद विभागले पिडित जोशीलाई फिर्ता गर्ने जनाएको छ । साथै विभागले म्यानपावर संचालकलाई बुधबार विभागमा आउन पत्र काटेको छ । 

वैदेशिक रोजगारका लागि मलेसिया जान शुन्य र कतार, साउदी, युएई, कुवेत, बहराइन र ओमान जाँदा बढीमा १० हजार लागत लिन पाउने सरकारी नियम छ, तर व्यवसायीहरुले वैदेशिक रोजगारमा पठाउने क्रममा चर्को शुल्क अशुली गर्ने गरेको आम गुनाशो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै