२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी घाइते

२८ फाल्गुन २०७६, बुधबार ०५:३०

फागुन २८, डोटी |डोटीको जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् |

आज बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन्। घाइते खड्कालाई उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। उनले भने, “कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएको खबर आएको छ, आगलागीको बारे बुझ्न प्रहरी टोली खटिएको छ, बिस्तृत खबर आउन बाँकी छ।”

आगलागीबाट कार्यालयको एउटा कोठा जलेर नष्ट भएको बताइएको छ। स्थानीयवासी, कर्मचारी, इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले आज बिहान ५ बजेतिर मात्रै आगलागी नियन्त्रणमा लिएको स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताए। कार्यालयमा के कसरी आगलागी भयो भन्नेबारै यकिन खबर नआए पनि विद्युत् सर्ट भएर हुनसक्ने अनुमान स्थानीयवासीको छ। आगलागीका कारण कम्तीमा पनि ८-१० लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी