Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी घाइते

२०७६, २८ फाल्गुन बुधबार ०५:३०

फागुन २८, डोटी |डोटीको जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् |

आज बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन्। घाइते खड्कालाई उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। उनले भने, “कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएको खबर आएको छ, आगलागीको बारे बुझ्न प्रहरी टोली खटिएको छ, बिस्तृत खबर आउन बाँकी छ।”

आगलागीबाट कार्यालयको एउटा कोठा जलेर नष्ट भएको बताइएको छ। स्थानीयवासी, कर्मचारी, इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले आज बिहान ५ बजेतिर मात्रै आगलागी नियन्त्रणमा लिएको स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले बताए। कार्यालयमा के कसरी आगलागी भयो भन्नेबारै यकिन खबर नआए पनि विद्युत् सर्ट भएर हुनसक्ने अनुमान स्थानीयवासीको छ। आगलागीका कारण कम्तीमा पनि ८-१० लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै