विमल धामी |  साउन १, कञ्चनपुर |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी |  साउन १, कञ्चनपुर | 
२१ मंसिर २०८२, शनिबार
अर्थ/विकास

बेल्डाँडीमा सार्वजनिक सुनुवाई

१ श्रावण २०७३, शनिबार १९:५०

विमल धामी |  साउन १, कञ्चनपुर | कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । चौमासिक सार्वजनिक सुनुवाई अन्र्तगत तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । बेल्डाँडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राज बहादुर बिष्टले सपोर्ट फाउण्डेशन र साझेदारी विकास परियोजनाको सहयोगमा सार्वजनिक सुनुवाई हुन थालेको बताउनुभयो । 

कार्यक्रममा स्थानियहरुले नगरपालिकाले दिने सेवा सुविधा, लक्षित बर्गको बजेट, विकास निमार्णका काममा भएको अनियमित्ताको बारेमा गुनासो गरेका थिए । स्थानिय माधवराज भट्टले बजेट बिनियोजन हुँदा नेताहरुले आ–आफ्नो घरको वरिपरी मात्र बजेट हाल्ने गरेको गुनासो गरेका थिए । ‘नियमित प्रत्येक वडा भेला बाट हामीले एउटै माग गर्ने गरेका छौँ ।’ उनले भने ‘तर अहिले सम्म त्यो माग किन सम्वोधन हुन सकेन् ।’ 

बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्ट कार्यक्रममा सहभागी हुनु सकेका थिएनन् । स्थानियहरुले महत्वपुर्ण कार्यक्रममा ‘हाकिम साप खैँ ’ भनेर सोधेको प्रश्नमा निमित्त कार्यकारी विष्टले भने ‘उहाँको बैनी ज्वाई घरको छतबाट खसेर गम्भिर घाईते भएकाले उहाँकोे उपचारको लागी कोहलपुर जानुुभएको छ ।’ कार्यक्रममा बेल्डाँडी नगरपालिकाका कृयाशिल राजनितिक दल, सरकारी कार्यालयका प्रतिनिधी जवाफ देहितामा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य