Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कुवेतमा देशभर सार्वजनिक बिदा,‘लकडाउन’ गर्ने सरकारको निर्णय

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, काठमाडौँ | चिनको वुहानबाट सुरुभएर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण विश्व नै प्रभावित बनेको छ | उक्त भाइरसबाट बच्नका लागि सतर्कता अपनाउँन अर्थात् थप फैलिन नदिनका लागि कतार,अमेरिका,भारत,दुबई,इरान,इटाली लगायतका देशहरुले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् |

त्यसको असर नेपालमा पनि परेको छ | हाल सम्म नेपाल भित्र एक जनामा मात्र कोरोनाभाइरस संक्रमण भेटिएको छ | नेपालमा खासै कोरोनाभाइरसको संक्रमण नदेखिए पनि बैदेशिक रोजगारीमा प्रतिबन्ध लाग्दा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने भएको छ |

हाल कुवेतमा मात्रै ७० हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ तर कोरोनाभाइरसकोसंक्रमण बढेपछि कुवेत सरकारले देशलाई पूरै ‘लकडाउन’ गर्ने निर्णय गरेको छ | कुबेतको मन्त्रिपरिषदको बैठकले मार्च १२ देखि मार्च २६ सम्म ‘लकडाउन’ गर्ने निर्णय गरिएको कुवेत टाइम्सले उल्लेख गरेको छ |

त्यँहाको सरकारले देशभर सार्वजनिक बिदा घोषण गरेको छ भने,कुवेत भित्रिने र त्यहाँबाट बाहिर जाने सबै व्यवसायिक उडान बन्द गर्ने निर्णय गरेको छ | मन्त्रिपरिषदले रेष्टुरेण्ट र क्याफेमा जम्मा हुन पनि प्रतिबन्ध लगाएको छ |

मल, रेष्टुरेण्ट र क्याफेमा पनि जम्मा हुन पाइने छैन भने जीमहरु, स्पोर्ट र हेल्थ क्लवहरु पनि बन्द गर्न निर्देशन दिइएको छ | खाडी मुलुकहरुमा नेपालीका लागि आकर्षक वा बाध्यात्मक रोजगारी बन्ने गरेको छ | उक्त रोजगारीबाट भित्रिएको रेमिट्यान्सले देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ |

कुवेतले गर्यो दुई साता अन्तर्राष्ट्रिय उडान बन्द,कामदारलाई पनि बिदा