2026-09-25 10:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा रहेका नेपालीहरुलाई दूतावासको अत्यन्त जरुरी सूचना

फागुन २९, काठमाडौँ | संयुक्त युनाइटेड इमिरेट्स (युएई)मा रहेका रहेका नेपालीहरुलाई कोरोनाभाइरस(कोभिड-१९)बाट बच्नकालागि उच्च सतर्कता अपनाउँन दूतावासले आग्रह गरेको छ | बिहिबार एक सूचना जारी गर्दै दुबई स्थित नेपाली दुतावासले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले उक्त भाइरसबाट बच्न अपनाउनुपर्ने आवश्यक उपाय अपनाउन अनुरोध गरेको हो |

दुबईमा हालसम्म ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ | जसमध्ये १७ जना उपचारपछि घर फर्किएका छन् | संक्रमित हुने विभिन्न देशका नागरिकहरुमध्ये २ जना नेपाली रहेको दुबई स्थित नेपाली दुतावासले जनाएको छ | 

त्यँहाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमण फैलिन नदिन युएई सरकारले उच्च सतर्कता अपनाएको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपचार गरिरहेको छ | दूतावासले जारी गरेको सूचनामा भनिएको छ,”विश्व स्वास्थ्य सङ्गठनले युएई सरकारका सम्बन्धित निकायहरु र यस दूतावासले मार्च २ मा जारी गरेको जानकारी मूलक सुचना एवं अन्य आधिकारिक सूचना अनुरुप व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनहुँन युएइमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली दूतावासको अनुरोध छ, |” 

त्यस्तै कोभिड-१९ को बिषयलाई लिएर आत्तिने वा तनाबलिने भन्दा पनि सतर्कता अपनाउने कुरामा बढी जोड दिन दूतावासले अनुरोध गरेको छ | कोरोनाभाइरस संक्रमणको आशंका लागेमा त्यंहाको स्वास्थ्य विभागमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ |

दुबईमा रहेका नेपालीहरुले कोरोनाभाइरसको आशंका लागेमा निम्न निकायमा सम्पर्क गर्न दुतावासले आग्रह गरेको छ |

१.Department of Health, United Arab Emirates – 8001717

२.Ministry of Health and Prevention, United Arab Emirates – 80011111

३.Dubai Health Authority – 800342

४.Embassy of Nepal, Abu Dhabi- 026344767 or 6344385

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक