२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि बन्द

२०७६, ३० फाल्गुन शुक्रबार ०५:५२

फागुन ३०, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि बन्द गरेको छ | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको हो |

सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय गरेको छ | बिहीबार बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए |

बुधबार विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसलाई महामारीको घोषणा गरेको थियो | कोरोनाभाइरसबाट बच्नका लागि अन्य देशहरुले पनि आवश्यकसतर्कता अनुरुप अन्तरास्ट्रिय हवाई उडान,र आवतजावतमा प्रतिबन्ध लगाएका छन् |

यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो | नेपाली श्रमिकका लागि बैदेशिक रोजगारीको मुख्य गन्तव्य मानिएका खाडी मुलुकहरुमा पनि अहिले कोरोनाभाइरसको संक्रमण बढ्दै गएको छ | 

कोरोनाको सङ्क्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ | त्यस्तै कुवेतले बिहिबार देखि सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ |

कुवेतले आज शुक्रबार रातिदेखि कुवेतले सबै व्यवसायिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ | साउदीले पनि नेपालबाट हुने सिधा उडानबाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीन वटा विमानस्थल मात्र खुल्ला गरेको छ |

यूएईमा यसअघि नै दुई नेपाली श्रमिकको कोरोना भाइरसको संक्रमण देखिएको छ | सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ |

त्यस्तै भारतले पनि आफ्नोदेशका नागरिकहरुलाई समेत अन्य देशबाट आउँन प्रतिबन्ध लगाएको छ,भने सिमा नाकाहरु बन्द गर्ने निर्णय गरेको छ | त्यस्तै नेपालले तेस्रो देशका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा शनिबारदेखि वैशाख १८ सम्मका लागि रोक लगाएको छ |

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने  भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अध्यागमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ |

यस्तै शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ | चिनको वुहानबाट गत डिसेम्बरमा सुरुभएको कोरोनाभाइरस हाल विश्वभरी नै महामारीको रुपमा फैलिएको छ | 

पछिल्लो समय चिनमा कोरोनाभाइरसका नयाँ संक्रमित बिरामीको संख्या निकै कमभएपनि अन्य देशहरुमा भने बढ्दै गएको छ | बिहिबार चिनले कोरोना मुक्त भएको घोषणा गरिसकेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै