२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्ष

३० फाल्गुन २०७६, शुक्रबार १२:३५

फागुन ३०, डोटी । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ । 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित छतिवन स्वास्थ्यचौकी, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित शैलेश्वरी अस्पताल, आर्दश गाउँपालिका–३ मौवा नगरदहस्थित मौवा स्वास्थ्यचौकी र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित फेला परेपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थामा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीयाममा हुनसक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्चन पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कर्मशलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो