2026-09-12 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्ष

फागुन ३०, डोटी । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ । 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित छतिवन स्वास्थ्यचौकी, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारस्थित शैलेश्वरी अस्पताल, आर्दश गाउँपालिका–३ मौवा नगरदहस्थित मौवा स्वास्थ्यचौकी र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित फेला परेपछि जिल्लामा उच्च सतर्कता अपनाउन थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थामा आइसोलेसन कक्षको व्यवस्था गर्ने, गर्मीयाममा हुनसक्ने आगलागी, चट्याङजस्ता घटनाबाट बच्चन पूर्वतयारी गर्ने, क्वारेन्टाइनका लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन सञ्चय गरेर राख्न उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कर्मशलाई व्यवस्थापन गर्ने जिम्मेवारी दिने, कालोबजारी नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने, स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन