२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गरे पुरस्कार पाइने,यस्तो छ प्रक्रिया

२ चैत्र २०७६, आईतवार ०७:३०

चैत २, काठमाण्डौ | बैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय सञ्चालन गरिरहेका उद्यमिहरुले पुरस्कार पाउने भएका छन् | विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गरिरहेका उद्यमीहरुलाई उनीहरुले दिएको योगदानको कदर स्वरूप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरस्कार दिन लागेको हो |

श्रमिक भिसामा विदेश गई कम्तिमा एक वर्ष काम गरी फर्किएर व्यवसाय गरेकाहरुले उक्त पुरस्कारको लागि आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ | मन्त्रालका अनुसार  चैत २३ गतेभित्र  आवेदन दिइसक्नु  पर्नेछ |'विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ अनुसार पुरस्कार दिन लागिएको हो | आवेदनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन  सकिने छ त्यस्तै मन्त्रालयको वेबसाइटमा गएर आवेदनका ढाँचा डाउनलोड गरि इमेलमा पठाउन सकिनेछ |

आवेदनका लागि नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको पासपोर्टको प्रतिलिपि चाहिने छ | यस्तै व्यवसाय दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणको प्रतिलिपि, आर्थिक वर्ष २०७५/७६ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि मन्त्रालयबाट पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि हुनुपर्ने मन्त्रालयले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य