२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा म्याद नाघेका पत्रु खाना

३ चैत्र २०७६, सोमबार ०५:०८

चैत ३,दार्चुला | दार्चुलाको सदरमुकाम खलङ्गामा बालबालिकाले प्रयोग गर्ने जङ्कफुड (पत्रु खाना) अधिकांश म्याद नाघेको अवस्थामा भेटिएका छन्। घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको अगुवाइमा भएको बजार अनुगमनमा बालबालिकाले प्रयोग गर्ने जङ्कफुड म्याद नाघेको भेटिएका हुन् |

बालबालिकाले विद्यालयमा प्रयोग गर्ने कुरकुरे, चिजबल, मोटेपतला जस्ता जङ्कफुड म्याद नाघेको भेटिएको समितिका निमित्त वरिष्ठ उद्योग अधिकृत गङ्गाकुमारी मगरले बताए। महाकाली नगरपालिका–५ स्थित माथिल्लो रोड क्षेत्रको बजारमा गरिएको अनुगमनमा बालबालिकाले प्रयोग गर्ने खाद्यान्न म्याद नाघेका भेटिएका छन्। उनले भने, “बालबालिकालाई म्याद नाघेका अखाद्य जङ्कफुड खानबाट बचाउन अभिभावकसमेत सचेत हुनुपर्छ, खुवाउनै परे म्याद भए नभएको हेर्नु जरुरी छ।”

निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कँुवरले बजारमा पाइने जङ्कफुड भारतीय बजारबाट आउने गरेको बताए। पारि धार्चुलाबाट आउने जङ्कफुड प्रायः म्याद नाघेका छन्। बजार अनुगमनका क्रममा भारतीय बजारबाट आउने गरेका विभिन्न प्रकारका सामान नष्ट गरिएको छ।

जिल्ला अस्पताल दार्चुलाका डा. गजेन्द्र दुवाल बजारमा म्याद नाघेका भेटिने अखाद्य वस्तुले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने भएकोले यस्ता खाद्य वस्तु प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिन्छन्। उपभोक्ताले बजारमा सामग्री खरिद गर्दा सकेसम्म उत्पादन मिति हेर्नुपर्छ। उनले भन्योे, “उपभोक्ता सचेत भए बजारमा व्यापारीले म्याद गुज्रेका वस्तुसमेत बिक्री गर्न पाउँदैनन्।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ