Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुलामा म्याद नाघेका पत्रु खाना

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ३,दार्चुला | दार्चुलाको सदरमुकाम खलङ्गामा बालबालिकाले प्रयोग गर्ने जङ्कफुड (पत्रु खाना) अधिकांश म्याद नाघेको अवस्थामा भेटिएका छन्। घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको अगुवाइमा भएको बजार अनुगमनमा बालबालिकाले प्रयोग गर्ने जङ्कफुड म्याद नाघेको भेटिएका हुन् |

बालबालिकाले विद्यालयमा प्रयोग गर्ने कुरकुरे, चिजबल, मोटेपतला जस्ता जङ्कफुड म्याद नाघेको भेटिएको समितिका निमित्त वरिष्ठ उद्योग अधिकृत गङ्गाकुमारी मगरले बताए। महाकाली नगरपालिका–५ स्थित माथिल्लो रोड क्षेत्रको बजारमा गरिएको अनुगमनमा बालबालिकाले प्रयोग गर्ने खाद्यान्न म्याद नाघेका भेटिएका छन्। उनले भने, “बालबालिकालाई म्याद नाघेका अखाद्य जङ्कफुड खानबाट बचाउन अभिभावकसमेत सचेत हुनुपर्छ, खुवाउनै परे म्याद भए नभएको हेर्नु जरुरी छ।”

निमित्त प्रमुख जिल्ला अधिकारी टेकसिंह कँुवरले बजारमा पाइने जङ्कफुड भारतीय बजारबाट आउने गरेको बताए। पारि धार्चुलाबाट आउने जङ्कफुड प्रायः म्याद नाघेका छन्। बजार अनुगमनका क्रममा भारतीय बजारबाट आउने गरेका विभिन्न प्रकारका सामान नष्ट गरिएको छ।

जिल्ला अस्पताल दार्चुलाका डा. गजेन्द्र दुवाल बजारमा म्याद नाघेका भेटिने अखाद्य वस्तुले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने भएकोले यस्ता खाद्य वस्तु प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिन्छन्। उपभोक्ताले बजारमा सामग्री खरिद गर्दा सकेसम्म उत्पादन मिति हेर्नुपर्छ। उनले भन्योे, “उपभोक्ता सचेत भए बजारमा व्यापारीले म्याद गुज्रेका वस्तुसमेत बिक्री गर्न पाउँदैनन्।” रासस