२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

किशोरीद्वारा आफ्नो जीवन रक्षा गरिदिन आग्रह

३ चैत्र २०७६, सोमबार ०६:४०

चैत ३, कास्की | जिल्लाको माछापुछ्रे गाउँपालिका–३ घाचोक निवासी  मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गर्नुभएको छ । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गर्नुभएको हो । 

चिकित्सकका अनुसार उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उहाँ गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पुग्नुभएको थियो । उपचारकारका क्रममा चिकित्सकले उहाँका दुवै मिर्गौलामा समस्या रहेको पत्ता लगाएका थिए । 

अहिले उहाँको हप्तामा दुई दिन डायलाइसिस गर्ने गरिएको छ । मिर्गौला प्रत्यारोपण गर्न पोखरामा सम्भव नहँदा चिकित्सकले काठमाडौ रिफर गरेका छन् । “पैसा छैन । कसरी काठमाडौ जानु  रु डाक्टर सरले छिटो काठमाडौ जानुस् भन्नुभएको छ । ”गहभरि आँशु पार्दै पीडित किशोरीले भनिन् । 

उहाँका बुबाआमाले मजदूरी गरेर दैनिक छाक टार्दै आउनुभएको छ । “ उपचार गर्न परिवारसँग पैसा छैन । मेरो जीवनरक्षा गरिदिन सहयोगी हातालाई विनम्र अनुरोध गर्दछु ।”, उनीले भनिन् ।   कक्षा १२ उत्तीर्णपछि स्नातक अध्ययनको तयारीमा रहनुभएका उनीले गत मङ्सिरदेखि गाउँकै मेघराज आधारभूत विद्यालयमा निजी स्रोतमा अध्यापन गर्नसमेत शुरुआत गर्नुभएको थियो । 

किशोरीका बुबा सुरेश परियारले चिकित्सकले आफन्तले मिर्गौला प्रदान गरेको अवस्थामा एउटा मिर्गौला प्रत्यारोपणका लागि रु १८ देखि २० लाखसम्म खर्च हुने बताएको जानकारी दिनुभयो । उहाँले आवश्यक सहयोग गरेर छोरीको जीवन बचाइदिन आग्रह गर्नुभएको छ । किशोरीको स्वास्थ्य समस्याका बारेमा सार्वजनिक भएपछि अहिले गाउँवासी स्वदेश तथा विदेशमा रहेका व्यक्तिले सहयोग गर्ने क्रम शुरु भएको छ । स्थानीय केही युवाले ‘मिर्गौला पीडित सुस्मिता बचाउ’ अभियानमार्फत सहयोग जुटाउन शुरु गरेका छन् । 

किशोरीलाई सहयोग गर्न इच्छुक व्यक्तिले माछापुछ्रे बैंकमा परियारको नाममा खोलिएको खाता नं १८६५५२४६६६७६९०१६ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी जिएम रानाभाटले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै