2026-09-04 11:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिटिक्क बन्यो ‘वैदेशिक रोजगार कार्यालय ताहाचल’

चैत्र ३, काठमाडौं । सेवाग्राहीको दैनिक भीडभाड हुने कार्यालय मध्ये एक हो । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालय । जहाँबाट म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीको मागपत्रको स्वीकृति लिने र रोजगारीमा जानेहरुको लागि व्यक्तिगत तथा अन्तिम श्रम स्वीकृति लिने गर्दछन् । तर यहि कार्यालयले दिने यस्ता सेवामध्ये श्रम स्वीकृति विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको कारण नेपाल सरकारले अनिश्चितकालीन रुपमा गत शुक्रबारबाट रोक्ने निर्णय गरेपछि कार्यालयमा सेवाग्राहीको संख्या ठप्प प्राय: नै छ । केहि श्रम प्रतिनिधिले आफ्ना पुराना फाइल पेश गर्ने बाहेक अरु कुनै काम हुन सकेको छैन ।

कर्मचारी नै फुर्सिदिला भएपछि कार्यालयका कर्मचारीको सामुहिक बैठक बस्ने समयका साथ आफ्नो कार्यालयलाई सफाइ गर्ने उपयुक्त अवसर पनि मिलेको छ । सोमबार कार्यालय समय शुरु हुनेबित्तिकै सबै कर्मचारी हातमा कुचो बोकेर कार्यालय परिसर सफा गरेका छन् । त्यसमा साथ दिए फाइल बोकेर गएका केहि सेवाग्राही अर्थात् श्रम प्रतिनिधिले पनि ।

कार्यालय प्रमुख सहित सबैजना मिलेर करिब २घन्टासम्म सरसफाई गर्दा सबैभन्दा बढी पान गुड़का र परागका फोहोर धेरै भेटिएका थिए । कार्यालय प्रमुख उमेश बस्नेतले भने ‘संधै सेवाग्राहीको चाप हुँदा कार्यालयमा सबै कर्मचारीको बैठक बस्न सकेको थिएन, हिजो अर्थात् आइतबार सबै जनाले ३ घण्टा सामुहिक  छलफल गरौँ । हाल कार्यालय बन्द हुँदा भन्दा पनि अब कार्यालय खुलेपछि सेवाग्राहीको चापलाई कसरी व्यवस्थित गर्ने र सेवा प्रवाह सहज गर्नेबारे पनि छलफल केन्द्रितभयो ।’ 

सुरक्षा गार्ड र क्लिनर बाहेक ५७ जनाको दरवन्दी रहेको कार्यालयमा हाल ५० जना कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल