Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका दुई अस्पतालमा आइसोलेसन कक्ष

२०७६, ३ चैत्र सोमबार ०८:५६

चैत ३, डडेल्धुरा | डडेल्धुराका दुईवटा ठूला अस्पतालमा आइसोलेसन वार्ड तयार पारिएको छ |  कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन र कोही संक्रमित भइहाले उपचार र रोकथामका लागि जिल्लाको डडेल्धुरा अस्पताल र भित्रि मधेश जोगबुढास्थित परशुराम नगरपालिक– मा रहेको जोगबुडा अस्पतालमा एउटा/एउटा आइसोलेसन वार्ड तयार पारिएको छ |

डडेल्धुरा अस्पतालमा पाँच शैया र जोडबुडा अस्पतालमा तीन शैया क्षमताको अलग कक्ष निमार्ण गरी आवश्यक औषधि पनि स्वास्थ्य कार्यालयले व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ |

दुई सीमा नाकाका डुंगा ओहोरदोहोर बन्द

कोरोना भाइरसबाट जोगिन डडेल्धुराको परशुराम नगरपालिकाअन्तरर्गत भारतीय सीमासँग जोडिएका दुई नाकाका डुंगा चलाउन बन्द गरिएको छ। परशुराम नगरपालिकाको तातापानी सिसमजालाघाट र परिगाँउ बाङघाट नाकामा संचालित डुुंगा चैत्र ४ गतेदेखि केहि दिनका  लागि बन्द गर्ने निर्णय गरिएको हो |

सीमा नाकामा हेल्थ डेस्क स्थापना भएपनि आवश्यक स्वास्थ्य सुरक्षाको अभावका कारण डुंगा ओहोरदोहोर बन्द गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउँदले बताए।  स्थानीय ती नाकाबाट दैनिक उपभोग्यका सामानदेखि अन्य लत्ताकपडा र खाद्यान्य किनबेच गर्ने गर्दछन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश