2026-09-25 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी : विश्वका ८७ देशका लागि ४९ हजारले लिए श्रम स्वीकृति, तर रोकिए नेपालमै !

मनोज पराजुली । चैत्र ४, काठमाडौं । वैदेशिक रोजगारीको लागि फागुन महिनामा मात्रै ४९ हजार नेपालीले श्रम स्वीकृति लिएका छन् । संस्थागत रुपमा म्यानपावर कम्पनी, व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति, पुन: श्रम स्वीकृति (रिईन्ट्री) र वैधानिकरण मार्फत ४९ हजार ४ सय ५० जनाले रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको फागुन महिनाको मासिक रिपोर्ट अनुसार म्यानपावर कम्पनी मार्फत २६ हजार ३०९ जना, व्यक्तिगत नयाँ श्रम स्वीकृति १४ सय ९ जना, रिईन्ट्री २० हजार ७३४ जना, र ९ सय ५० जनाले वैधानीकरण गरि श्रम स्वीकृति लिएका हुन् । 

हाल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये गत महिना ७ सय ४३ म्यानपावर कम्पनीले मात्रै श्रमिकको श्रम स्वीकृति लिएका छन् । माघ महिनामा ७ सय ५४ र पुस महिनामा ७ सय ६८ म्यानपावर कम्पनीले मात्र श्रम स्वीकृति निकालेर श्रमिक विदेश पठाएका थिए । 

माघ महिनामा संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ४८ हजार ६ सय ७४ जना रोजगारीका लागि विदेशिएका थिए । माघ महिनामा संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत २५ हजार १७१ जना विदेश गएका थिए । व्यक्तिगत रिईन्ट्री  मार्फत २५ हजार २५५, व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा १२ सय ३४ जना विदेश गएका थिए । चालु आर्थिक वर्षको ८ महिनामा रोजगारीका लागि विदेशिने नेपालीको संख्या ३ लाख ५१ हजार १३७  पुगेको छ ।

युएई एक नम्बरमा 

फागुन महिनामा सबैभन्दा धेरै युएई जानको लागि श्रम स्वीकृति लिएका छन् । गत महिना युएईको लागि १२ हजार १०६ जनाले श्रम स्वीकृति लिएका छन् । माघ महिनामा सबै भन्दा धरै ११ हजार ११० जनाले श्रम स्वीकृति लिएर श्रमिक साउदी गएका थिए । 

गत महिनामा साउदीको लागि ११ हजार २१५, मलेसियाको लागी १० हजार ९१५ जना, कतारको लागि ८ हजार ४१३ र कुवेतको लागि २ हजार २९२ जनाले श्रम स्वीकृति लिएका छन् । माघ महिनामा साउदी पछि युएई १० हजार ८९, कतार १० हजार ७६४, २ हजार २९८ जना कुवेत गएका थिए ।

फागुन महिनामा विश्वका ८७ देशमा नेपालीहरु रोजगारीका लागि जान श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएर माघ महिनामा ८२ देश र पुस महिनामा ८४ मुलुकमा नेपाली कामदार पुगेका थिए । 

दि रिभर ओभरसिज एक नम्बरमा 

माघ महिनामा पनि दि रिभर ओभरसिज प्रा.लि. सबै भन्दा बढी कामदार पठाउने म्यानपावर सूचीको पहिलो नम्बरमा परेको छ । रिभरले गत महिना ६ सय ४५ जनालाई विदेश पठाएको छ । रिभरले माघ महिनामा ५ सय २० र पुस महिनामा ५ सय ९३ जना विदेश पठाएर पहिलो स्थानमा नै रहेको थियो । 

दोश्रो नम्बरमा रहेको ट्रस्ट नेपाल ओभरसिजले ६ सय ४४ जनाको श्रम स्वीकृति निकालेको छ । माघ महिनामा एसओएस म्यानपावर सर्भिसले ३ सय ६८ जना विदेश पठाएर सूचीको दोश्रो नम्बरमा परेको थियो । प्याराडाइज इन्टरनेशनल प्रा.लि.ले ५ सय १७ जनाको श्रम स्वीकृति लिएको छ । गत महिनामा पनि प्याराडाइज तेश्रो नम्बरमा परेको थियो । 

चौंथोमा लक्की एच आर सोलुशनले ४ सय ८१, कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले ४ सय ३६ जनाको श्रम स्वीकृति लिएका निकालेका छन् । माघ महिनामा साउण्डलाइन्स रिक्रुईटमेन्टले ३०८ र कोशी ईन्टरनेशनल सर्भिस प्रा.लि.ले २८१ जना विदेश पठाएर क्रमश चौंथो र पाँचौंमा नम्बरमा परेका थिए ।

विभागमा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये माघ महिनामा ७ सय ५४ म्यानपावर कम्पनीले मात्र कामदार पठाएका छन् । पुस महिनामा ७ सय ६८ म्यानपावरले श्रम स्वीकृति निकालेका थिए । 

अदक्ष कामदार बढी 

पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् ।  गत महिना २७ हजार १ सय ५१ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १७ हजार १७, अर्धसिप भएका ५ हजार २२२, व्यवसायिक सिप भएका ५६ जना र विशिष्ट सिप भएका ४ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

टिकट लिएका कामदार पनि रोकिए : व्यवसायी 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले फागुन २९ गतेबाट लागू हुनेगरी अनिश्चितकालसम्मका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको छ । त्यस्तै  रोजगारदाता गन्तव्य मुलुकले धमाधम विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएसंगै श्रम स्वीकृति लिएर टिकट लिएका नेपाली श्रमिक नेपालमै रोकिएका छन् । हालसम्म कुवेत, कतार,ओमानले विदेशी नागरिकलाई आफ्ना देश प्रवेशमा रोक लगाइसकेका छन् । त्यस्तै मलेसियाले मार्च १८ अर्थात् चैत्र  ५ गतेबाट १४ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

श्रम स्वीकृति लिएर टिकट काटिसकेका नेपालीहरु वैदेशिक रोजगारीमा जान वन्चित भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । श्रम स्वीकृति पश्च्यात टिकट लिएका ४५ सयको हाराहारीमा श्रमिकहरु नेपालमै रोकिएका संघका अध्यक्ष विष्णु गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक