2026-09-05 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई संघले भन्यो ‘रोजगारदाताको सम्पर्कमा रही श्रमिकको अवस्थालाई ध्यान दिनुस्

चैत्र ७, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा पठाईएको श्रमिकहरुको अबस्थाको बारेमा जानकारी लिन रोजगारदाता कम्पनीको सम्पर्कमा रहन व्यवासायीहरुमा अनुरोध गरेको छ । 

संघ अध्यक्ष बिष्णु प्रसाद गैरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को माहामारीको कारण वैदेशिक रोजगार क्षेत्र एवं वैदेशिक रोजगारमा कार्यरत श्रमिकहरुको अवस्थालाई ध्यान दिन अनुरोध गरेका छन्  ।

‘हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को माहामारीको कारण वैदेशिक रोजगार क्षेत्र एवं वैदेशिक रोजगारमा कार्यरत श्रमिकहरुको बिषयमा ईजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले रोजगारदाता कम्पनीको सम्पर्कमा रही वैदेशिक रोजगारीमा पठाईएको श्रमिकहरुको अवस्थाको बारेमा जानकारी लिई सम्बन्धित देशले हाल कोभिड १९ को माहामारीका कारण लागु गरेको नियम, कानुन पालना गर्न लगाई वैदेशिक रोजगारीमा कार्यरत श्रमिकहरुमा उत्पन्न हुन सक्ने विभिन्न समस्याहरुलाई समन्वयात्मक तवरबाट प्रभावकारी रुपमा सम्बोधन गर्न/गराउन उत्पन्न बिपद्का बारेमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा तुरुन्त जानकारी गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ‘ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल