2026-09-05 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यपूर्वी मुलुकका राजदूतहरुसँग परराष्ट्रमन्त्री र श्रममन्त्रीको भिडियो कन्फरेन्स

चैत १०,  काठमाडौँ ।  कोरोना भाइरसको असरबारे खाडी मुलुकमा रहेका राजदूत र नियोग प्रमुखहरूसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलेले भिडियो कन्फरेन्स गरेका छन् ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव र असरबारे खाडी मुलुकका सरकारले के-के सुरक्षा सतर्कता अवलम्बन गरेका छन् भन्नेबारे नेपाली राजदूतहरूसँग एकसाथ २ मन्त्रीले आज (सोमबार) भिडियो कन्फरेन्सबाट जानकारी लिएका हुन् ।  

भिडियो कन्फरेन्समा कतार, साउदी, ओमान, युएई, बहराइन, इजिप्ट, इजरायल, दक्षिण आफ्रिकाका कूटनीतिक नियोगका अधिकारीहरु सहभागी भएका थिए । कन्फरेन्समा त्यस क्षेत्रमा रहेका नेपालीहरुको अवस्था बारे पनि जानकारी लिइएको श्रममन्त्री यादवले साझा सबाललाई  जानकारी दिए ।  त्यस्तै राजदूत तथा नियोगका प्रमुखहरूलाई सम्बन्धित सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्क, सहयोग र समन्वय गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएका छन् । 

विदेशमा रहेका नेपालीलाई कुनै किसिमको समस्या नहोस्, दु:खको अनुभूति हुने अवस्था नआओस भन्नका लागि नेपाल सरकार उनीहरुको साथमा छ, भन्ने संदेश राजदुत मार्फत दिईएको मन्त्री यादवले जानकारी दिए ।  रोजगारदाता कम्पनीसंग नियमित सम्पर्कमा रहेर नेपालीहरुको अवस्थालाई ध्यान दिई उनीहरुको समस्यालाई सम्बोधन गर्न राजदुतहरुलाई अनुरोध गरिएको मन्त्री यादवले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल