७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द

१३ चैत्र २०७६, बिहीबार ०३:५०

मोहन पौडेल | चैत १३, नवलपरासी | पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । 

मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको अवस्थामा पाइएको हो । गोपीगञ्जमा चार मेडिकल रहेकामा सरोज मेडिकल हल र रेनु मेडिकल हल बन्द अवस्थामा भेटिएको कार्यालयका प्रशासकीय अधिकृत सागर केसीले जानकारी दिनुभयो । बन्द रहेका दुईवटै मेडिकलका सञ्चालकलाई तत्काल बोलाएर खोल्न लगाइएको उहाँले बताउनुभयो ।

“कोरोनाका बिरामी आउने डरले उहाँहरुले मेडिकल नै बन्द गर्नुभएको रहेछ, हामीले तत्काल बोलाएर सञ्चालन गर्न लगायौँ, यो सङ्कटको बेला स्वास्थ्यकर्मी भागेर जिम्मेवारीबाट मुक्त हुन पाउँदैनन्, एकपटकलाई सचेत गराएर छोडेका छौँ र नियमित खोल्ने गरी स्थानीय प्रहरीलाई निगरानी गर्न भनेका छौँ”, अधिकृत केसीले भन्नुभयो ।

सरोज मेडिकलका सञ्चालक चिकित्सक दीपक चौधरीले कोरोनाका बिरामी आउने त्रासले आफूले औषधि पसल बन्द गरेको बताउनुभयो । “कोरोना भाइरस परीक्षणलगायत सामग्री हामीसँग छैन, यस्तो अवस्थामा हामी नै सुरक्षित हुँदैनौँ, त्यही डरले पसल बन्द गरेको हुँ, अब नियमित नै सञ्चालन गर्छु”, उहाँले भन्नुभयो । 

यस्तै रेनु मेडिकलका सञ्चालक थीरनारायण चौधरीले पनि कोरोनाको डरले ढोकामा सूचना टाँसेर अतिआवश्यक परेमा मात्र औषधि माग्नु भनी मेडिकल बन्द गरेको बताउनुभयो । प्रशासनको अनुगमन टोलीले सम्झाएपछि उहाँले पनि औषधि पसल सञ्चालन गर्नुभएको अनुगमनमा सहभागी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो ।

अनुगमन टोलीले जिल्लाको परासी, भूमही, बासा, भूताहा, बर्दघाट, जिमिरेभार, गोपीगञ्ज, सूर्यपुरा, भुजहवा, महेशपुर, बेलाशपुर, उज्जैनीलगायतमा सञ्चालित ग्यास डिलर, खाद्यान्नलगायतका अतिआवश्यक वस्तु बिक्री गरिरहेका पसलमा कालोबजारी र कृत्रिम अभाव भए/नभएको अनुगमन गरेको थियो । ग्यासको अभाव नदेखिएको तर केही किराना पसलमा कालोबजारी भएको पाइएपछि सचेत गराइएको भुसालले बताउनुभयो ।

अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित मिठाइ पसल, चिया पसल तथा चोकचौराहामा भीडभाड गरी बसेकालाई पनि सम्झाइबुझाइ भीडभाड नगर्न, मास्क प्रयोग गर्न, सरसफाइमा जोड दिन आग्रह गरेको थियो ।

लकडाउन उल्लङघन गर्ने ११ नियन्त्रणमा, छ क्वारेन्टाइनमा

पश्चिम नवलपरासीमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ११  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट, सुनवल, बासालगायत जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गरी सवारी चलाएको पाइएपछि मोटरसाइकलसहित उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

सरकारले घोषणा गरेको लकडाउन सफल पार्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । बुधबार दोस्रो दिन निषेधाज्ञा अवज्ञा गरी प्रहरीलाई अवरोध पुर्याउन खोजेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले राससलाई जानकारी दिनुभयो । उनीहरुलाई सम्झाएर छाडिने उहाँले जानकारी दिनुभयो । लकडाउनको पहिलो दिन मङ्गलबार पनि जिल्लाका विभिन्न स्थानबाट २२ मोटरसाइकल, एक ट्रक र दुई टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मङ्गलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको हो । दोस्रो दिन बुधबार पश्चिम नवलपरासी सुनसान बनेको छ । 

यसैबीच भारतबाट लुकिछिपी नेपाल आएका तीन जनालाई बुधबार नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको तोनवानाकाबाट पैदल आउँदै गरेको अवस्थामा  पश्चिम नवलपरासीको सुनवल, पाल्पा र चितवनका गरी तीन जनालाई सुनवलस्थित जर्गाहा क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । उनीहरु भारतको मुम्बइमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ ।

यसैगरी विभिन्न तेस्रो मुलुकबाट आएका अन्य तीन जनालाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ । तेस्रो मुलुकबाट आउने व्यक्तिको खोजी गर्दै उनीहरुको स्वास्थ्य अवस्थाअनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो, रुघाखोकी लागेमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको आचार्यले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने