२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड गाउँपालिकाद्वारा भारतवाट फर्कदै गरेका १२ जनाको उद्धार

२०७६, १६ चैत्र आईतवार ०२:०६

कमल पौडेल | चैत १६, बागलुङ | भारतवाट फर्किदा वाटोमै अलपत्र परेका १२ जनालाई बडिगाड गाउँपालिकाले उद्धार गरेको छ। बुटवल देखि हिड्दै आइरहेका बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङका १० जना र सोहि स्थान नजिकै गुल्मीको मालिका गाउँपालिका का २ जना गरि १२ जनालाई उद्धार गरि दर्लिङमै तयार गरिएको क्वारेन्टाइनमा पुरयाइएको छ । 


उनिहरुलाई गुल्मीको मुसिकोट नगरपालिकाको वामी टक्सार बजार वाट उद्धार गरि दर्लिङ खोरमा रहेको नमुना बाल विकास केन्द्रमा राख्ने व्यवस्था मिलाइएको बडिगाड गाउँपालिकाका सुचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिनुभएको छ। उनिहरुलाई खाने वस्ने व्यवस्था स्थानियले गरेको र स्वास्थ्य सुरक्षामा ध्यान दिन सवै प्रक्रिया पुरा गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनु भएको छ । 

वडा अध्यक्ष विरेन्द्र वुढाको सम्पर्कमा रहेका उनिहरुलाई पिकअप जिपको व्यवस्था गरेर क्वारेन्टाइन सम्म पुर्याइएको हो। यसै विच बडिगाड गाउँपालिकाले वडा नं. २ खर्वाङमा १० वेड सहितको क्वारेन्टाइन स्थल तयार गरेको छ। जिल्ला समन्वय समितिको भवनमा छुट्टाछुट्टै ५ कोठामा १० वेड सहितको क्वारेन्टाइन तयार गरिएको प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीले जानकारी दिनुभएको छ। यस्तै वडा नं. २ को हाडिखोलामा हेल्थडेस्क मार्फत विभिन्न स्थानवाट बडिगाड गाउँपालिका प्रवेश गर्नेहरुलाई स्वास्थजाँच गरिरहेको स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले जानकारी दिनुभएको छ। 


यसैविच बागलुङमै कोरोनाको पोजेटिभ देखिएपछि गाउँपालिका प्रवेशमा थप कडाइ गरिएको गाउँपालिकाले जनाएको छ। वडिगाड गाउँपालिकाको प्रत्येक वडामा कम्तिमा ५ वेडका क्वारेन्टाइन स्थल तयार गर्ने गरि तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ। यस अधि वडा पालिकाको सक्रियतामै वडा नं. १, ५, ७ र १० वडामा क्वारेन्टाइन स्थल तयार भैसकेका छन् भने प्रत्येक वडाहरुमा माइकिङ गरिरहेको पालिकाले जनाएको छ। उता वडा नं. १ तुन्डाडा र ३ शिसाखानीले वडा भित्र कोहिकसैलाई प्रवेश नगर्न चेतावनी दिएका छन्, वडा नं. ३ ले एक टोल वाट अर्को टोलमा नजान समेत नागरिकलाई अनुरोध गरेको छ। यसै विच बडिगाड गाउँपालिकामा १ सय ३६ जना बैदेशिक रोजगारीबाट आएको र उनिहरुलाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना