२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड गाउँपालिकाद्वारा भारतवाट फर्कदै गरेका १२ जनाको उद्धार

१६ चैत्र २०७६, आईतवार ०२:०६

कमल पौडेल | चैत १६, बागलुङ | भारतवाट फर्किदा वाटोमै अलपत्र परेका १२ जनालाई बडिगाड गाउँपालिकाले उद्धार गरेको छ। बुटवल देखि हिड्दै आइरहेका बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङका १० जना र सोहि स्थान नजिकै गुल्मीको मालिका गाउँपालिका का २ जना गरि १२ जनालाई उद्धार गरि दर्लिङमै तयार गरिएको क्वारेन्टाइनमा पुरयाइएको छ । 


उनिहरुलाई गुल्मीको मुसिकोट नगरपालिकाको वामी टक्सार बजार वाट उद्धार गरि दर्लिङ खोरमा रहेको नमुना बाल विकास केन्द्रमा राख्ने व्यवस्था मिलाइएको बडिगाड गाउँपालिकाका सुचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिनुभएको छ। उनिहरुलाई खाने वस्ने व्यवस्था स्थानियले गरेको र स्वास्थ्य सुरक्षामा ध्यान दिन सवै प्रक्रिया पुरा गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनु भएको छ । 

वडा अध्यक्ष विरेन्द्र वुढाको सम्पर्कमा रहेका उनिहरुलाई पिकअप जिपको व्यवस्था गरेर क्वारेन्टाइन सम्म पुर्याइएको हो। यसै विच बडिगाड गाउँपालिकाले वडा नं. २ खर्वाङमा १० वेड सहितको क्वारेन्टाइन स्थल तयार गरेको छ। जिल्ला समन्वय समितिको भवनमा छुट्टाछुट्टै ५ कोठामा १० वेड सहितको क्वारेन्टाइन तयार गरिएको प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीले जानकारी दिनुभएको छ। यस्तै वडा नं. २ को हाडिखोलामा हेल्थडेस्क मार्फत विभिन्न स्थानवाट बडिगाड गाउँपालिका प्रवेश गर्नेहरुलाई स्वास्थजाँच गरिरहेको स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादवले जानकारी दिनुभएको छ। 


यसैविच बागलुङमै कोरोनाको पोजेटिभ देखिएपछि गाउँपालिका प्रवेशमा थप कडाइ गरिएको गाउँपालिकाले जनाएको छ। वडिगाड गाउँपालिकाको प्रत्येक वडामा कम्तिमा ५ वेडका क्वारेन्टाइन स्थल तयार गर्ने गरि तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ। यस अधि वडा पालिकाको सक्रियतामै वडा नं. १, ५, ७ र १० वडामा क्वारेन्टाइन स्थल तयार भैसकेका छन् भने प्रत्येक वडाहरुमा माइकिङ गरिरहेको पालिकाले जनाएको छ। उता वडा नं. १ तुन्डाडा र ३ शिसाखानीले वडा भित्र कोहिकसैलाई प्रवेश नगर्न चेतावनी दिएका छन्, वडा नं. ३ ले एक टोल वाट अर्को टोलमा नजान समेत नागरिकलाई अनुरोध गरेको छ। यसै विच बडिगाड गाउँपालिकामा १ सय ३६ जना बैदेशिक रोजगारीबाट आएको र उनिहरुलाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य