२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सघन उपचार कक्ष छैन धवलागिरि अस्पतालमा

२०७६, १६ चैत्र आईतवार ०३:५५

चैत १६, बागलुङ | पहिलेको धौलागिरि अञ्चलका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र धौलागिरि अञ्चल अस्पतालमा आपत्कालीन अवस्थामा बिरामी राख्ने सघन उपचार कक्षको व्यवस्था भने छैन ।

कोभिड–१९को संक्रमण हुन सक्ने त्राससँगै अञ्चल अस्पतालमा आइसियुको अभाव महसुस गर्न थालिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकै एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यही अस्पतालमा राखिएको छ । उनको अवस्था सामान्य रहेकाले समस्या नरहेको चिकित्सक बताउँछन् । यदि उनीलगायत अरुलाई आइसियुमा राख्नुपर्ने अवस्था आए यहाँ सम्भव छैन । आइसियुमा बस्नुपर्ने अवस्थामा यहाँ आउने गरेका बिरामीलाई पोखराका विभिन्न अस्पतालमा सिफारिस गरिँदै आएको छ ।

‘हामीसँग आईसियुका लागि इक्विपमेण्टहरु छैनन्, जनशक्ति पनि केही थप्नुपर्ने हुन्छ’ अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी. पोखरेलले भन्नुभयो, ‘कोरोनाका सामान्य बिरामी आए हामीसँग आइसोलेसन बेड छ तर भेण्टिलेटर चलाउनुपर्ने अवस्थामा हामीले बिरामी लिन सक्दैनौं ।’ ‘कोरोनाको संक्रमण भएर उच्च ज्वरो तथा अन्य लक्षण देखापरे आइसियुमा राखेर अक्सिजन दिनुपर्ने हुन्छ, संक्रमण फैलिएर बिरामी आए भने अस्पतालले सुविधा दिन सक्ने अवस्था नरहेको डा  पोखरेलले बताउनुभयो ।

कोरोनाको सन्त्रास धौलागिरिका सबै जिल्लामा छ । केही दिनअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ देखा परेसँगै उनीसँगै आएकाहरुको खोजी भइरहेको छ । सँगै जहाजमा आउनेहरु पर्वत, बागलुङलगायत जिल्लाका रहेकाले सम्भावित संक्रमणको खतरा यहाँ छ । ‘आइसियुको लागि हामीले आएदेखि  नै प्रयास थालेका हौं’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भन्नुभयो, ‘सरकार केही पठाउँदैन, हामीले चाहेर मात्रै हुने कुरा रहेनछ ।’ 

आइसियुका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिको तयारीमा आफूहरु  भए पनि मेडिकल इक्विपमेण्टकै सुनिश्चितता नभएको अध्यक्ष रानाको  जिकिर छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा