पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।

"/>
2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गरिब, मजदुरलाई युवासंघले गर्यो खाद्यन्न वितरण

पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।

कुश्माबजारमा रहेका ज्यालामजदुरी गर्ने दुई दर्जनभन्दा बढीलाई चामाल,दाल, तेल, नून वितरण गरेको हो । युवा संघ पर्वतले मुस्लिम समुदायमा रहेका विपन्न परिवार, जिल्लाबाहिरका पर्वतमा मजदुरी गरेर खाने मजदुरलाई खाद्यन्न वितरण गरेको हो ।

मुस्लिम सेवा समाजको लागि एकमुष्ट रुपमा ४ बोरा चामल,कुश्मा ज्याला मजदुरी गर्ने समशुल हक मिया,मिठु सुवेदी,र भगवती कुमालको परिवारलाइ एक एक बोरा चामल नुन तेल र दाल प्रदान गरेको हो । नमुना आबासिय माबी कुश्माले उक्त सामग्रीहरु उपलब्ध गराएको थियो भने युवा संघ पर्वतका संस्थापक अध्यक्ष मेघनाथ सुवेदी,नमुना आबासिय माबिका संचालक यमप्रसाद शर्माको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरेको हो । 

युवासंघले स्याङ्जा बाट कुश्मा आएर ज्याला मजदुरी गर्ने मनोज जिटि को ३ जनाको परिवारलाई १५ केजि चामल नुन तेल र दाल,म्याग्दी बाट आएर कुश्मा मा ज्याला मजदुरी गर्ने टेक बहादुर बिकको ६ जनाको परिवारलाइ ३० केजि चामल नुन तेल दाल प्रदान गरेको छ ।

नेकपा कुश्मा नगर कमिटी सचिब मिनप्रसाद श्रेष्ठ ,नेकपा कुश्मा नपा ५ का अध्यक्ष भिमप्रसाद श्रेष्ठ र नेपाल तरुण दल कुश्मा नगर कमिटी अध्यक्ष सुबर्ण अर्यालले वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले