प्रभात सुवेदी । साउन ३,बर्दिया । देशको असहज वातावरण र अस्थिर राजनैतिक अवस्थाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रभात सुवेदी । साउन ३,बर्दिया । देशको असहज वातावरण र अस्थिर राजनैतिक अवस्थाक"/>

2026-09-18 07:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

असहज राजनैतिक वातावरण विनियोजित खर्चको बाधक


प्रभात सुवेदी । साउन ३,बर्दिया । देशको असहज वातावरण र अस्थिर राजनैतिक अवस्थाका कारण विनियोजित वजेट पूर्ण रुपमा खर्च हुन नसकेको आइतबार सदरमुकाममा कोष तथा लेखा नियन्त्रक कार्यालयको आ.व. २०७२/७३ को वजेट तथा खर्च सार्वजनिकीकरण कार्यक्रममा औंल्याइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारीले विनियोजित रकम खर्चका लगि सबैको सकारात्मक सहयोग आवश्यक पर्ने कुरा बताउनुभयो । 

आ.व. २०७२/०७३ मा कोलेनिका अन्तर्गत  कूल विनियोजित जिल्लाको चालू तर्फ रकम रु ३ सय १६ करोड मध्ये रु. २ सय ८९ करोड खर्च भई कूल ९१.५४ प्रतिशत खर्च भएको कार्यालय प्रमुख शिवराम भट्टराईले बताउनुभयो । यसैगरी पुजीँगततर्फ विनियोजित रू. २०४ करोडमध्ये रू. १८६ करोड रकम खर्च भएको अर्थात ९०.२९ प्रतिशत खर्च भएको वहाँले बताउनुभयो । 

कूल विनियोजित बजेटतर्फ रू. ५२० करोड मध्ये ९१.२९ प्रतिशत अर्थात रू. ४७५ करोड खर्च भएको जानकारी गराइएको हो । यसैगरी राजश्व यस आ.व. मा राजश्व रकम असुली २२.८२ प्रतिशतले वृद्धि अर्थात रू. ५.३५ करोड वृद्धि भई रू. २८.७९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । जुन असुली अघिल्लो आ.व. मा २३.४४ करोड रहेको थियो । कुल खर्च रकम राजश्वको तुलनामा १६४९ प्रतिशतले बढी रहेको र राजश्व र पुँजीगत खर्चको तुलना ६४६ प्रतिशतले बढी रहेको बताइएको छ ।

विनियोजित रकमको ८० प्रतिशत खर्च भएमा राम्रो मानिनेभएकोले खर्चको सूचकमा बर्दिया जिल्लाको अत्यन्तै सन्तोषजनक मान्न सकिने र यसलाई अझ सतप्रतिशतमा लैजान सबैको सहयोगको अपेक्षा गरिएको छ । देशको विषम परिस्थितीका बावजुद पनि कूल खर्च ९१.२९ प्रतिशत ह्ुनु भनेको अत्यन्तै राम्रो रहेको र खर्च अनुसार विकास तथा अन्य आयोजनाहरुको निर्माणको गुणस्तरीयता हुनु पर्नेमा सरोकारवालाहरुको राय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई