८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

घरधनीद्वारा एक महिनाको भाडा मिनाहा

२१ चैत्र २०७६, शुक्रबार ०३:१५

चैत २१, तनहुँ | व्यास–१ का तीन घरधनीले भाडामा बस्दै आएका विपन्न परिवारलाई एक महिनाको भाडा मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता व्यक्त गर्नेमा निर्मल पण्डित, बादल आले र राधिका थापा हुनुहुन्छ ।

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन् 

तनहुँमा रहेका दश वटै पालिका र तिनका मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ । 

यसैबीच तनहुँमा विदेशबाट आउने दैनिक बढे पनि क्वारेन्टाइनमा बस्ने भने बढ्न सकेका छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा गरी हालसम्म संकलन गरिएको तथ्याङ्कानुसार छ सय ८७ जना विभिन्न देशबाट घर फर्किएका भेटिएको तर क्वारेन्टाइनमा बस्नेको संख्या नबढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

घर घरमा तरकारी आपूर्ति 

 व्यास–३ नं वडा कार्यालयले लक डाउनको अवधिभर वडाका घरघरमा तरकारी आपूर्ति गर्ने भएको छ । वडाध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार वडाभित्र रहेका आठ वटा टोल विकास संस्थाका पदाधिकारीसहितको संयुक्त बैठकले सो निर्णय गरेको हो । 

लक डाउनको शुरुआतदेखि नै सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही भएकाले तरकारी पसल बन्द गरी टोलटोल र घरघरमा तरकारी उपलब्ध गराउने निर्णय भएको वडा सदस्य रवीन पौडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने