Skip to content
Friday, July 17, 2026 Nepali Online Media

संकटको घडीमा कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज सुविधा

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, कञ्चनपुर | चीनको बुहान शहरबाट विश्वभरी फैलिएको कोरना भाईरस(कोडिभ–१९)ले आतङक मच्चाईरहेको छ । चीनले कोरना न्यूनिकरणका लागि लकडाउन विधि अबलम्बन गरेर कोरना न्यूनिरण उन्मुख लागेको छ । नेपाल भारतले पनि कोरना न्यूनिरणका लागि लकडाउन गरेको छ ।

लकडाउनको समयमा जुनसुकै भूमिकामा अहोरात्र खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीका व्यक्तिगत पीडालाई तिलाञ्जली दिएर उनीहरु खहोरात्र खटिन्छन । जनताको हरेक सुखदुख र पीडामा अहोरात्र खटिने संचारकर्मीको पीडालाई मध्य नजर गर्दै कञ्चनपुरका एक युवाले संचारमा सहजताका लागि रिचार्ज उपलब्ध गराएका छन् ।

लकडाउनको समयमा रिर्चाज सहज नपाउँने र यस्तो विषम परिस्थितिमा जनताको आवाज बुलन्द गर्न सहजताका लागि कञ्चनपुरका संचारकर्मीलाई एक सय रुपैया बराबरको रिजार्च उपलब्ध गराईएको हो ।

बेलडाँडी गाउँपालिका १ निवासी हाल भीमदत्त नगरपालिका ६ ऐठपुर) बस्दै आएका युवा उद्यमी मिन बहादुर शाले कञ्चनपुरका संचारकर्मीलाई रिर्चाज उपलब्ध गराएका हुन् । शनिबार शाहले पत्रकार भाष्कर केसी मार्फत कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएका हुन् । जिल्लाका विभिन्न संचारमाध्याममा कार्यरत ३२ जना पत्रकारलाई शाहले रिचार्ज उपलब्ध गराएका छन् ।

कोरना जस्तो महामारीमा अहोरात्र खटिने संचारकर्मीको हौसला र समान्य संचारमा सहजिकरणका लागि रिचार्ज सहयोग गरेको शाहले बताए । ‘जोखिम मोलेर संचारकर्मीले कोरना महामारीमा हामी नागरिकलाई सुशुचित गराईरहेका छन, ‘यस्तो परिस्थितिमा हामी नागरिकले पनि संचारकर्मीको पीडा बुझ्नुपर्छ ।’ राज्यले संचार क्षेत्रलाई चौथो अगका रुपमा बर्गिकरण गरेपनि विपद्का बेला सम्झिनुपर्ने उनको सुझाव छ ।

शाह पुर्व सशस्त्र प्रहरी बलका कर्मचारी हुन । खेलप्रेमी समेत रहेका उनी चार बर्ष अघि दक्षिण कोरियाबाट फर्किएका शाहले महेन्द्रनगरमा प्रतिभा ग्रील उद्योगका संचालक हुन् । उनले संचारकर्मीको पीडालाई मध्य नजरगर्दै व्यक्तिगत सहयोग गरेका छन् । शाह विभिन्न समाजिक कार्यमा सरिक हुनुहुन्छ । कञ्चनपुरका सचारकर्मीले समेत शाहलाई धन्यवादका साथै आभार प्रकट गरेका छन् ।