२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहयोगका लागि अपिल गर्दै सुनिलस्मृति गाउँपालिका

२०७६, २३ चैत्र आईतवार ०८:२७

चैत २३, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षाका लागि भन्दै सहयोगका लागि अपिल गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको हस्ताक्षरमा एक अपिल सार्वजनिक समेत गरेको छ, अपिलमा भनिएको छ ।

आदरणि आमा, वुवा, दाजुभाई तथा दिदिबहिनिहरु, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा रोकथाम, नियन्त्रण र प्रतिरक्षा गर्न सवै एकतावद्ध रुपमा लागि सतर्कता अपनाउनु आजको गम्भीर आवश्यकता बनेको छ । संक्रमणको जोखिमबाट बच्न उच्च सतर्कताका साथ आ–आफ्नो स्थानबाट लागि पर्नु भएका सवै नागरिक, जनप्रतिनिधि, राजनीतिक दल, संघसँस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं कर्मचारीहरु प्रति गाउँपालिका हार्दिक आभार प्रकट गर्दछ ।

यस विपद्को जोखिमलाई हटाउन साथै विपद् पूर्वतयारी, प्रतिकार्य योजना तथा पुनस्थापना जस्ता कृयाकलाप गर्नुपर्ने अवस्था भएकाले यी सबै कुराको व्यवस्थापन गर्न गाउँपालिकाको तर्फबाट गाउँपालिकाको हालको विपद् व्यवस्थापन कोषको २५ लाख रकमलाई वृद्धि गरि कम्तिमा ४० लाखसम्म पुर्याउने मिति २०७६/१२/२० गते बसेको गाउँकार्यपालिका बैठकबाट निर्णय भएको र उक्त कोषमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले कम्तिमा ७ हजार, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार, वडा सदस्यहरुले कम्तिमा २ हजार तथा गाउँपालिकाबाट तलव भत्ता बुझिलिने शिक्षक, कर्मचारीहरु मध्ये अधिकृत स्तरका शिक्षक, कर्मचारीहरुले ५ दिन बराबरको तलव र सहायक स्तरका शिक्षक, कर्मचारीहरुबाट ३ दिन बराबरको तलव रकम कोषमा जम्मा गर्ने निर्णय सम्पूर्णमा जानकारी गराउदै यस कार्यको लागि थप आर्थिक तथा वस्तुगत सहायता गर्न चाहने व्यक्ति, संघसंस्था, उद्योगी, व्यापारी एवम् सरोकारवाला सवैलाई यस गाउँपालिकाको नाममा रहेको ग्लोवल आई.एम.ई. बैंक, शाखा कार्यालय सुलिचौर, रोल्पामा रहेको प्रकोप व्यवस्थापन कोष खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा रहक जम्मा र वस्तुगत सहायताका लागि सिधैँ गाउँपालिकामा दिनुहुनका लागि हार्दिक अपिल गर्दछौँ । साथै अपिलमा भनिएको छ, थप जानकारीका लागि गाउँपालिका अध्यक्ष मोवाइल नं. ९८५७८२४८१७, उपाध्यक्ष मोवाइल ९८५७८२४८१८, प्रमुख प्रशासकीय अधिकृत मोवाइल ९८५७८२५७७५, लेखा अधिकृत ९८५७८२४८२० मा पनि सम्पर्क गर्न सकिने जानकारी गराइएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले जनाकारी गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो