2026-09-05 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनेबारे सर्वोच्चको यस्तो आदेश

चैत २५, काठमाडौँ | सर्वोच्च अदालतले विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारको नाममा आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेर नेपाल फर्कन इच्छुक भएमा यस्तो व्यवस्था गर्न आदेश दिएको हो । अदालतले स्वदेश फर्कनेहरूको अद्यावधिक लगत राखेर क्वारेन्टाइनमा राख्न समेत आदेश दिएको छ ।

अधिवक्ताद्वय मीना खड्का बस्नेत, मनीषकुमार श्रेष्ठ लगायतको रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले तत्काल ल्याउन सम्भव नभए सम्बन्धित देशमै खाना, बस्न र उपचारको व्यवस्था गर्नुपर्ने भनेको छ । सिमानामा अलपत्र परेका नेपालीहरूलाई तत्काल नेपाल फर्काउन सम्भव नभए लकडाउन अवधिसम्मका लागि खाने बस्ने र उपचारको यथोचित व्यवस्था गर्नुपर्ने सर्वोच्चको आदेशमा छ । 

सर्वोच्चको आदेशले भनेको छ ‘विदेशमा खाना बस्न, र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरूको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपाली नागरिकहरूलाई सम्बन्धित मुलुकसँग कुटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नू ।’ सर्वोच्चले उद्दारको कार्य तत्काल सम्भव नभए निजहरूलाई तत् तत् स्थानमा खान, बस्न र स्वास्थ्य उपचारको यथोचित प्रवन्ध गरी नागरिकहरूको हकहित रक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक पहल गर्न समेत आदेश दिएको छ । 

विदेशमा रहेका नेपालीको भिसा वा राहदानीको म्याद सकिएको कारणले कुनै समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर बसाइँ नियमित गर्न पनि अदालतको आदेश छ । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन विश्वजगत यतिखेर संघर्षरत छ । यो क्रममा विभिन्न देशमा रोजगार, अध्ययन र भ्रमणको क्रममा रहेका नेपालीहरु बढी प्रभावित बनेका छन् । नेपालमा लकडाउन भएपछि कयौं  नेपालीहरु त्यसको प्रत्यक्ष प्रभावमा परेका छन् ।   

सबैभन्दा बढी नेपाली रहेका देशहरु खाडी र मलेसियामा कयौं नेपालीहरुले सम्बन्धित देशमा बिभिन्न समस्या भोग्नुपरेको गुनाशो गरेका छन् । 

जति समस्या परेपनि यथास्थितिमा स्वदेश फर्कन नपाएका कारण कतिपय विदेशमा रहेका नेपालीहरुलाई आफ्नै देश परदेशजस्तै लाग्न थालेको भन्दै टिप्पणी गर्न थालेका छन् । बिभिन्न देशले नेपालमा रहेका आफ्नो नागरिक फिर्ता गराएको भन्दै समस्यामा परेका नेपालीहरुलाई समेत फिर्ता गर्न तत्परता नदेखाएको गुनाशो आईरहेका छन् ।

विदेशमा रहेका केहि युवाले सरकार आफैले उद्दार गर्न सक्दैन भने आफ्नै खर्चमा नेपाल फिर्ता हुन चाहेको र सरकारले तोकेको समयसम्म आफ्नै खर्चमा क्वारेन्टाइनमा समेत बस्न इच्छा प्रकट गरेका छन् ।

विदेशमा रहेका अधिकांशको नेपालीले आफ्नो समस्याबारे सुनाउदै तालव नपाएको र खाना खान समेत समस्या आउने स्थिति रहेको बताएका छन् भने केहिले कोरोना संक्रमणको सम्भावना र त्रास रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्, उनीहरुले यथासक्य स्वदेश फिर्ता हुन पाए विदेशको रोजगार समेत त्याग्न तयार रहेको बताएका छन् । 

खाडी मुलुकमा रहेका कयौं कामदारहरु भिसा सकिएर नेपाल आउने तयारीमा रहेका र विदा समेत लिएर नेपाल फर्कन चाहेकाहरुलाई मुख्य समस्या अहिले देखिएको छ । पहिलेदेखिनै निर्धारित रुपमा नेपाल फर्कने तयारीमा रहेकाहरुलाई यथासक्य स्वदेश फर्कन पाए हुने भन्ने छ भने कोरोनाको जोखिमकै वीच काममा जानु पर्दा सम्भावित संक्रमणको जोखिमले डराईरहेका पनि छन् । केहि देशले अवस्थालाई बुझेर भिषाको म्याद सकिएको अवस्थामा समेत नविकरण गरिदिने भनेपनि कतिपयले आफ्नै खर्चमा विदेशमा बस्नुपरेको कारण पनि समस्या हुने देखेका छन् । नेपालमा समेत लकडाउन हुँदा उनिहरुको परिवारले नेपालबाटै पैसा पठाएर भएपनि तत्कालिन समस्या समाधान गर्ने अवस्था समेत नभएको गुनाशोहरु आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल