2026-09-05 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२० मा खाडी क्षेत्रमा सवैभन्दा बढी प्रतिशत रोजगारी गुम्दै: आईएलओ

चैत्र २६, काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण सन् २०२० को अप्रिल देखि जुनसम्ममा खाडी क्षेत्रका मुलुकहरुमा सवैभन्दा धेरै प्रतिशत रोजगारी गुम्ने अवस्था रहेको जनाएको छ । मंगलवार नयाँ रिपोर्ट सार्वजनिक गर्दै आईएलओले सवैभन्दा धेरै रोजगारी खाडी क्षेत्रमा गुम्ने अवस्था रहेको जनाएको हो । 

रिपोर्ट अनुसार खाडी क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गुम्ने छ । यसपछि युरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात १ करोड २० लाख पूर्ण समय काम गर्ने श्रमिक बरावर र एशिया तथा प्यासेफीक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्व २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गुम्ने अवस्था रहेको छ ।

रोजगारी गुम्नेमा धेरै प्रतिशत खाडी क्षेत्रमा भएपनि संख्याका हिसावले भने एसिया तथा प्यासेफीक क्षेत्र अगाडी देखिएको छ । कोभिड १९ का कारण रोजगारको क्षेत्रमा विनाशकारी क्षति हुने भन्दै आईएलओले विश्वव्यापी रुपमा यसअगाडीको तुलनामा ६ दशमलव ७ प्रतिशत कार्यसमय बरावरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो । यो भनेको १ अर्व ९५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बरावर हुने आईएलओको निश्कर्ष छ ।

रोजगारीमा हुने कटौतीले सन् २००८/२००९ को आर्थिक मन्दि भन्दा बढी असर पार्ने आईएलओको अनुमान छ । रोजगारी कटौतीले मध्यम आय भएका मुलुकहरुलाई बढी असर गर्ने देखिएको छ । रिपोर्ट अनुसार विशेषगरी सेवा तथा खाद्य उत्पादन क्षेत्र, उद्योग लगायतका क्षेत्रमा बढी रोजगारी गुम्नेछ । हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आँशिक समय काम गर्नबाट वञ्चित छन् । यो विश्वको कुल श्रम शक्ति मध्ये ३ दशमलव ३ अर्व हो । 

यसअघि आइएलओले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वभर २५ करोड कामदारले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो । कोरोना भाइरसले कार्यस्थलमा पार्ने प्रभाववारे गरिएको प्रारम्भिक अध्ययन अनुसार कार्यस्थलमा कामदारहरुको सुरक्षा, रोजगारी सिर्जना गर्ने गरि अर्थव्यवस्थाको परिचालन गर्ने, कामदारको रोजगारी र आयलाई सहयोग पुर्याउने नीति अख्तियार गरेमा बेरोजगारी समस्या न्यून गर्न सकिने आइएलओको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल