2026-09-04 07:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा तेश्रो नेपालीमा कोरोना संक्रमण

चैत २६, काठमाडौँ | कुवेतमा तेश्रो नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको हो । 

कुवेतमा यस अघि नै दूइ नेपालीमा कोरोना संक्रमण देखिएको थियो । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित ११२ जना नयाँ संक्रमित भेटिएको जानकारी दिइएको छ । 

नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्ये एक मानिएको कुवेतमा ७० हजार नेपाली कार्यरत छन् । यहाँ हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने कुल संख्यामा ८५५ पुगेको छ । जस मध्ये १ जनाको मृत्यु भएको छ । कुवेतमा संक्रमित मध्ये ७४३ जना अझै पनि आइसोलेसनमा छ भने ११ जना कोरोना मुक्त भएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बञ्‍चको लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । 

मंगलबार कुवेतमा रहेका नेपालीहरुको स्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओली तथा कुवेतका प्रधानमन्त्री His Highness Sheikh Sabah Khalid Al-Hamad Al-Sabah बीच टेलिफोन-संवाद भएको दुतावासले जनाएको छ । उक्त संवादमा प्रधानमन्त्री ओलीले कुवेतमा कार्यरत नेपालीहरूको सुरक्षा र कल्याणबारे चासो राखेका थिए । प्रत्युत्तरमा कुवेतका प्रधानमन्त्रीले नेपालीहरूलार्इ कुनै पनि किसिमको अप्ठ्यारो पर्न नदिने र उनीहरूको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल