२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा नेपालीहरुको अवस्था बुझ्न परराष्ट्रमन्त्री र साउदीका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

२७ चैत्र २०७६, बिहीबार १५:५१

चैत २७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गर्नुभएको छ ।

विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च (समूह–२०) को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाले कोभिड–१९ को महामारी फैलिएका बेला सदस्य देशहरुलाई भिडियो कन्फ्रेन्सिङका माध्यमबाट एकजुट गराएकामा त्यसको सराहना गर्दै मन्त्री ज्ञवालीले आप्रवासी नेपाली श्रमिकको हेरविचार गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।

सङ्कटको वर्तमान घडीमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले  त्यसतर्फ विचार गर्न मन्त्री ज्ञवालीले राजकुमार सउदसँग अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकको हित, रोजगारी तथा सुरक्षाका निम्ति पनि उहाँले राजकुमार सउदलाई अनुरोध गर्नुभयो ।

प्रत्युत्तरमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वास्त पार्नुभयो । उहाँले नेपाली श्रमिकको इमानदारी, लगनशीलता, परिश्रम र विनम्रताको प्रशंसा गर्नुभयो ।

ठूलो सङ्ख्यामा साउदी अरेबियामा रहेका आप्रवासी नेपाली श्रमिकले त्यहाँको आर्थिक उन्नयन उल्लेखनीय योगदान गर्दै आएका छन् जसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य