२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा कार्यरत सुरक्षागार्डको भोगाईमा कोरोना – ‘डर लागेको छ’

२०७६, २८ चैत्र शुक्रबार १४:०४

सचिन्द्र श्रेष्ठ | चैत २८, दुबई |

कोरोना चीनको हुवेई प्रान्तबाट शुरु भएको यो महामारी रोग कोरोना भाईरस (कोभिड -१९) अहिले विश्वका अधिकाँश मुलुकहरुलाई आर्थिक, सामाजिक एबं मनोबैज्ञानिक असर पारेको छ । यसरी यस्तो भयावह स्थितिमा पनि नेपालीहरु कसरी आफ्नो काम र कर्तब्यलाई आत्मसाथ र बलिदानी पुर्बक आफ्नो सेवामा तत्पर लागी परेका छन । जहाँ अधिकांश प्रहरी, चिकित्सकले मात्र काम गरिरहेको भन्ने समाचार आइरहदा सुरक्षा गार्डले पनि आफ्नो ज्यान बाजी लगाएर काम गरेको छ । सबै कामदारलाई छुट्टी दिए पनि सुरक्षा गार्डले बिदेसमा बिशेष भूमिका निर्वाह गरेको छ तर पर्दा पछाडिको नायकको भूमिका कसरी र कस्तो भोगाई भोगेका छन् त विदेशमा रहेका सुरक्षा गार्डहरुले ? यही बिषयमा बिदेसमा रहेका नेपाली सुरक्षा गार्डको आफ्नो भोगाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

भक्त खोर्जा (दुबई, सुरक्षा गार्ड)

'(कोभिड-१९) का कारण ११ जना नेपालीहरुको शब युएईमा अलपत्र पर्नुले कतै आफै पनि यस्तोमा त परीदैन ? भन्ने चिन्ता रातदिन लागीरहन्छ । जसरी प्रहरी, डाक्टर यहाँ खटीएको छ, त्यसरी हामी सुरक्षा गॉर्ड पनि अरुको ख्याल गर्नको लागि लागी परेका छौं । अरुलाई यो रोग लाग्दा-लाग्दै कतै आफैलाई पनि लाग्छ की भन्ने डर हुन्छ, दिनहुँ यहाँ यो रोगको संख्या बढी रहदा आफैलाई पनि घर-परिवारको चिन्ता लागेको छ । मेरो काम संधै यहाँ काम गर्ने कामदारसँग भई रहेको हुन्छ । कमसेकम यस्तो बेला घरमा बस्न पाए केहि राहत हुने थियो की भनेर आफूलाई बिदेसिनुको बाध्यताले सधै रातभर निद्रा पर्दैन । तर पनि आफ्नो कर्तब्यलाई शिरोपर राखेर कामलाई महत्व ठानी आफ्नो भूमिका निर्बाह् गरिएको छ किनकी हामी चिकित्सक, प्रहरी नभए पनि सुरक्षागार्डले पनि सहयोग गर्न सक्छ भनेर लागी परिएको छ ।'

- महेश नेपाली (अबुधाबी, सुरक्षा गार्ड)

'लगातार १२ घन्टा  काम अनि काम गर्ने ठाउँमा अनेकौं थरीका मान्छेहरुको आवत-जावत, उनीहरुको परिचय लिएर सबै जानकारी लेख्नुपर्ने, उनीहरु कति ठाउँमा गएर आएका हुन्छन कति जनाको सम्पर्कमा हुन्छन् त्यसैले तनाब छ । 

क्याम्पमा एउटा रुममा १० जना बस्नु पर्ने, त्यसमा पनि थरी-थरि ठाँउका काम गर्नेहरु बसेको हुनेगर्छ, जसका कारण महामारी यो रोग लाग्ने सम्भावना बढी देखिन्छ तर पनि आफ्नो कामलाई मध्य नजर गरी यस्तो बेलामा पनि कामलाईनाई प्राथमिकता दिनु आवस्यक देखिएको छ । आफू मरेर अरुलाई बचाउनु पर्ने खालको काम गरेको छु गर्ब लाग्छ ।'

- अर्जुन श्रेष्ठ (मकाउ, सुरक्षा गार्ड)

'यहाँ भएका नेपालीहरुमा खासै भन्नुपर्दा यो रोगको डर र भय कमनै देखिन्छ, यधपि जागिर गुम्ने र नेपाल फर्कनु पर्ने चिन्ताले पिरोल्न थालेको अवस्था छ । यो चीनको विशेष प्रशासनिक क्षेत्र हो  । त्यसैले यहा कुनै पनि समाचार लेख्न अथवा प्रशारण गर्न रोक छ । तर यहाँको सम्पुर्ण कारोबार पर्यटन व्यवसायसंग सम्बन्धित हुनाले अहिले सबै नाकाहरु बन्द भएका कारण सबै व्यवसाय र कारोबार ठप्प नै छ तर सुरक्षाकर्मीको जागिर धरापमा भएका कारण रोगको डर भन्दा जागीर जाने डर बढी छ । रोग फैलिन नदिन यहाँ दिनरात सतर्कतामा बिशेष ध्यान दिएको हुँदा यो रोग फैलान पाएको छैन ।'

- राजेश क्षेत्री (साउदी अरब, सुरक्षा गार्ड)

'म साऊदीमा काम गर्छु ४ हजार भन्दा बढीलाई यो रोग लागेको छ । चार जना नेपालीहरु पनि यो रोगबाट संक्रमित भएका छन्  । यो रोग यहीको स्थानीय तथा पाकिस्तानी, भारतीय, बंगालीलाई बड़ी देखिएको छ । हामीलाई काम गर्न गाह्रो भएको छ । जहाँतहि त्रास छ, घरमा दिनहुँ कुरा भएको छ यहाँको अवस्था बारेमा के कस्तो छ भनेर तर पनि आफ्नो ख्याल बढी राख्नु पर्दछ । २४ घण्टा लकडाउन गरेको छ, यहाँ रेस्टुरेन्ट हस्पिटल बाहेक अन्य सेवा बन्द छ । जागीर बाध्यताले खानु पर्ने अवस्था छ, छुट्टी दिएको छैन । छुट्टी दिए घर जान मन छ, परिवार एकातिर आफू एकातिर हुनु परेको यस्तो घडीमा संधै घरको याद आउने गर्दछ । अहिलेसम्म न भूकम्पको डरको अनुभूति गरिएको थियो तर यहाँ आए पछि थाहा भयो भूकम्प भन्दा ठुलो डर यो रोगको लाग्या छ ।'

- संजय धिताल (दुबई, सुरक्षा गार्ड)

'गरिब निमुखा जनताको भोट लिएर नेता प्रधानमन्त्री भएर दलाल र भ्रष्टाचारीको पक्षमा काम गर्ने सरकार मुर्दावाद ! यस्तो आपत-बिपत पर्दा जवाफदेहि र जिम्मेवार निकाय निकम्मा हुनु यसैको परिणाम हो । लाल कम्रेड दलालको घरमा किन बस्छन ? किनकी लाखौँ मूल्यको मूल्यवान पलाङ अट्ने घर अरुको छैन, हामी अहिले यही नेपाल सरकारको गलत सोच, बिचार र अभिमानले बिदेसी भूमिमा पीडा लुकाई काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।'

- राजन वाग्ले (अबुधाबी, सुरक्षा गार्ड)

'हामी कति अभागी छौं, संसार भरका सरकारी गैर सरकारी संस्था कोरोना बिरुद्ध लड़ीरहेको छ तर बिडम्बना हामी पशुपति नाथको भरोसामा अड़केको छौं  । के हामी नेपाली साच्चै गतिलो बन्न नसकेको हो त ? अहिले हामीलाई हाम्रो परिवारको चिन्ता र परिवारलाई हाम्रो चिन्ता अहिले बढी छ । हाम्रो सरकार गैर जिम्मेवार छ, कामको सही कार्य गर्देन तर यहाँ कार्यरत देशले कानुन सरकार, स्वास्थ्य राम्रो छ । त्यसैले यहाँको चिन्ता लिनु भन्दा आफ्नै देश परिवारको सुरक्षामा ध्यान दिन सके राम्रो हो ।'

- ओमकार अखेलि (मकाउ, सुरक्षा गार्ड)

'अरु राष्ट्रको तुलनामा यहाँ काम गर्न सजिलो त छ तर रोगको डर भने कम छैन । बेलैमा यहाँको संपूर्ण नाका बन्द भएको कारण रोग बढी फैलन पाएको छैन । हालसम्म ४५ जना भन्दा बढीमा देखिएको छैन तर यहाँ ब्यबसायिक क्षेत्रमा रोक लाग्नाले र समयमै सबै जनतालाई १५ दिन क्वारेनटाइनमा राखेको हुँदा यो रोग फैलान पाएको छैन । तर पनि प्राय पसलहरु बन्दनै छन् । कतिलाई सुरक्षाको हिसाबले काममा लगाएको छैन, कुनै-कुनै अति आवस्यक कामको लागी मात्र कामदार खटाएको छ । तर हामी भने सुरक्षागार्ड भएर दिनरात लागी परेका छौं तर हाम्रो कामको मूल्यांकन कही गरिएको देखिदैन ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड