Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसिया सहित खाडीमा ६८ श्रमिकको शव अलपत्र, उडान प्रतिबन्धले नेपाल ल्याउन समस्या

By साझासवाल 4 मिनेट पढाइ

मनोज पराजुली । बैशाख २, काठमाडौं । कोरोना महामारीका कारण अन्तराष्ट्रिय उडानमा गरिएको प्रतिबन्ध र लकडाउनले वैदेशिक रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन समस्या भएको वैदेशिक रोजगार वोर्डले जनाएको छ ।

नेपालमा लकडाउनको शुरु नहुँदैदेखि हालसम्म खाडी सहितका ७ देशमा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन असहज भएएको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । हालसम्म ७ देशमा मृत्यु भएका ७० श्रमिकको शव विदेशमा रहेको वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले साझा सबाललाई जानकारी दिए ।

उनका अनुसार कतारमा ८, युएईमा ११, साउदीमा २८, कुवेतमा ६, मलेसियामा १५ जनाको शव रहेको छ । त्यस्तै दक्षिण कोरिया र सेसेल्समा १/१ जनाको शव रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । दक्षिण कोरिया र सेसेल्समा मृत्यु भएका श्रमिकको शव परिवारको सल्लाहमा सोहि देशमा नै दाहसंस्कार गरिएको उनले जानकारी दिए । कोरोनाको संक्रमणका कारण युएईमा मृत्यु भएकी एकजना महिलाको शव पनि परिवारको सहमतिमा उतै दाहसंस्कार हुने उनले बताए ।

अहिलेको अवस्थामा लकडाउन कहिले खुल्छ र शव सहज तरिकाले ल्याउन सकिन्छ भनेर कुर्नु भन्दा परिवारले सहमतिमा मृत्यु भएकै देशमा दाहसंस्कार गर्न सहज हुने श्रेष्ठको भनाई छ ।

कतार र युएई दुतावासबाट सबै डिटेल मगाएर सबै मृतककको परिवारलाई जानकारी गराएर समन्वय गरिरहेको र अन्य देशमा मृत्यु भएकाहरुको परिवारसंग पनि सम्पर्क गर्ने प्रयास भइरहेको  उनले बताए । कार्य क्षेत्रमा हुने दुर्घटना, हर्ट अट्याक, सवारी दुर्घटना लगायत कारण श्रमिकले विदेशमा ज्यान गुमाउने गरेका छन् ।