2026-09-05 01:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतद्वारा नेपाली सहित विदेशीलाई आममाफी: जरिवाना र स्वदेश फर्कन हवाई टिकट समेत निशुल्क

वैशाख ४, काठमाडौँ | कुवेत सरकारले आफ्नो देशमा गैरकानूनी (अवैध) भई बसेका आप्रवासी  कामदारहरुलाई आममाफी दिने भएको छ । जसको लागि अवैध आप्रवासी कामदारहरुले आगामी अप्रिल ३० भीत्र कुवेत सरकारलाई आवेदन दिनुपर्ने हुन्छ । 

आवेदन दिएकाहरुलाई कुवेत सरकारले कुनै जरीवाना समेत नतिराई आ–आफ्नो मुलुक जान दिने घोषणा गरेको छ । स्वदेश फर्कन चाहने अवैध अप्रवासीहरुलाई जहाज टिकट समेत कुवेत सरकार आफैले उपलब्ध गराउने बताइएको छ ।

यस्तो सुविधा कुवेती आवासीय भिसा समाप्त भएका वा एउटा रोजगारदाताबाट भागेर अर्को रोजगारदातासँग काम गरेका कारण गैरकानुनी भएकाहरुले पाउनेछन् ।

कुवेत सरकारले लिएको यो निर्णयले त्यहाँ रहेका नेपालीहरुलाई समेत सहयोग पुग्ने भएको छ । कोरोना भाइरसको त्रासकै बीच कुवेत सरकारले लिएको यस्तो नीतिले अवैध बस्दै आएका कामदारहरुलाई ठूलो राहत पुग्ने बताइएको छ । यसअघि यस्ता कामदारले कुवेत सरकारलाई जरिवाना समेत तिर्नुपर्थ्यो । साथै हवाई टिकट समेत आफैले व्यवस्था गरेर स्वदेश फर्कन दिइन्थ्यो । 

कुवेत सरकारले दिएको यस्तो सुविधा उपयोग गर्नको लागि नेपाली कामदारहरुले आगामी अप्रिल २६ देखि ३० तारेखसम्म ५ दिनको समय पाएका छन् । 

कुवेत सरकारले यस अघि पनि अवैध कामदारलाई आममाफीको सुविधा दिएको थियो । तात्कालिन समयमा जरिवाना नतिरी स्वदेश र्फकन वा जरिवाना तिरी बैध हुने अवसर कुवेत सरकारले दिएको थियो । यसअघि कुवेत सरकारले आममाफीको निर्णय गरेपछि नेपाली राजदूतावास कुवेतले गैरकानुनी भएर बसेका नेपाली कामदारहरुलाई तोकिएको अवधिभित्रै सहजिकरणका लागि दूतावासमा सम्पर्क गर्न सूचित गरेको थियो । तर यसपटक कुवेतस्थित नेपाली दुतावासले यस विषयमा जानकारी नगराएको कारण त्यहाँ रहेका नेपालीहरु द्विविधामा छन् । कोरोना भाइरसको संक्रमणको डरले कुवेतमा रहेका धेरै नेपालीहरु स्वदेश फर्कने सोचमा छन् यस्तो अवस्थामा गैरकानुनी भई बसेका कामदारले पाएको आममाफीलाइ सदुपयोग गर्नु नेपालीहरुको लागि अवसर भएको बताइएको छ । आममाफीको नीतिलाई पालना गर्दै तोकिएको समयमा निवेदन नदिएको खण्डमा कुवेत सरकारले कुनैपनि कारवाही गर्न सक्ने बताइएको छ । 

साथै, उक्त आममाफी अवधिमा स्वदेश नर्फकने र कुवेत बस्नका लागि बैध नहुने व्यक्तिले कुवेती प्रहरीद्वारा पक्राउ परेमा डिपोर्ट (निर्वासित) हुने र त्यस्ता व्यक्तिहरु गल्फ कर्पोरेशन काउन्सिल (जीसीसी)का देशहरु (बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेविया, यूएई) मा पुनः आउन नसक्ने अवस्था आउनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल