२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतद्वारा नेपाली सहित विदेशीलाई आममाफी: जरिवाना र स्वदेश फर्कन हवाई टिकट समेत निशुल्क

४ बैशाख २०७७, बिहीबार ०५:३९

वैशाख ४, काठमाडौँ | कुवेत सरकारले आफ्नो देशमा गैरकानूनी (अवैध) भई बसेका आप्रवासी  कामदारहरुलाई आममाफी दिने भएको छ । जसको लागि अवैध आप्रवासी कामदारहरुले आगामी अप्रिल ३० भीत्र कुवेत सरकारलाई आवेदन दिनुपर्ने हुन्छ । 

आवेदन दिएकाहरुलाई कुवेत सरकारले कुनै जरीवाना समेत नतिराई आ–आफ्नो मुलुक जान दिने घोषणा गरेको छ । स्वदेश फर्कन चाहने अवैध अप्रवासीहरुलाई जहाज टिकट समेत कुवेत सरकार आफैले उपलब्ध गराउने बताइएको छ ।

यस्तो सुविधा कुवेती आवासीय भिसा समाप्त भएका वा एउटा रोजगारदाताबाट भागेर अर्को रोजगारदातासँग काम गरेका कारण गैरकानुनी भएकाहरुले पाउनेछन् ।

कुवेत सरकारले लिएको यो निर्णयले त्यहाँ रहेका नेपालीहरुलाई समेत सहयोग पुग्ने भएको छ । कोरोना भाइरसको त्रासकै बीच कुवेत सरकारले लिएको यस्तो नीतिले अवैध बस्दै आएका कामदारहरुलाई ठूलो राहत पुग्ने बताइएको छ । यसअघि यस्ता कामदारले कुवेत सरकारलाई जरिवाना समेत तिर्नुपर्थ्यो । साथै हवाई टिकट समेत आफैले व्यवस्था गरेर स्वदेश फर्कन दिइन्थ्यो । 

कुवेत सरकारले दिएको यस्तो सुविधा उपयोग गर्नको लागि नेपाली कामदारहरुले आगामी अप्रिल २६ देखि ३० तारेखसम्म ५ दिनको समय पाएका छन् । 

कुवेत सरकारले यस अघि पनि अवैध कामदारलाई आममाफीको सुविधा दिएको थियो । तात्कालिन समयमा जरिवाना नतिरी स्वदेश र्फकन वा जरिवाना तिरी बैध हुने अवसर कुवेत सरकारले दिएको थियो । यसअघि कुवेत सरकारले आममाफीको निर्णय गरेपछि नेपाली राजदूतावास कुवेतले गैरकानुनी भएर बसेका नेपाली कामदारहरुलाई तोकिएको अवधिभित्रै सहजिकरणका लागि दूतावासमा सम्पर्क गर्न सूचित गरेको थियो । तर यसपटक कुवेतस्थित नेपाली दुतावासले यस विषयमा जानकारी नगराएको कारण त्यहाँ रहेका नेपालीहरु द्विविधामा छन् । कोरोना भाइरसको संक्रमणको डरले कुवेतमा रहेका धेरै नेपालीहरु स्वदेश फर्कने सोचमा छन् यस्तो अवस्थामा गैरकानुनी भई बसेका कामदारले पाएको आममाफीलाइ सदुपयोग गर्नु नेपालीहरुको लागि अवसर भएको बताइएको छ । आममाफीको नीतिलाई पालना गर्दै तोकिएको समयमा निवेदन नदिएको खण्डमा कुवेत सरकारले कुनैपनि कारवाही गर्न सक्ने बताइएको छ । 

साथै, उक्त आममाफी अवधिमा स्वदेश नर्फकने र कुवेत बस्नका लागि बैध नहुने व्यक्तिले कुवेती प्रहरीद्वारा पक्राउ परेमा डिपोर्ट (निर्वासित) हुने र त्यस्ता व्यक्तिहरु गल्फ कर्पोरेशन काउन्सिल (जीसीसी)का देशहरु (बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेविया, यूएई) मा पुनः आउन नसक्ने अवस्था आउनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य