2026-09-05 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘वैदेशिक रोजगार कल्याणकारी कोषको रकम तत्काल परिचालन गर’

बैशाख ४, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकको उद्धार र राहातको लागि वैदेशिक रोजगार वोर्डमा रहेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम परिचालन गर्नुपर्ने बेला आएको व्यवसायीले बताएका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा श्रमिकहरु समस्यामा परेका जानकारी आउन थालेकोले उनीहरुको हितका लागि कोषको रकम प्रयोग गर्नुपर्ने बेला आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहाकार प्रज्ञान न्यौपानेले बताए । 

हाल वैदेशिक रोजगारीमा जाने हरेक श्रमिकले वैदेशिक रोजगार वोर्ड मार्फत कल्याणकारी कोषमा प्रतिव्यक्ति १५ सय रुपैयाँ जम्मा गर्दै आएका छन् । हालसम्म कोषमा ५ अर्व रकम जम्मा भैसकेको छ । 

विदेशमा खान बस्न समस्यामा परेका श्रमिकको बारे दैनिक गुनासाहरु आउन थालेका छन् सल्लाहाकार न्यौपानेले साझा सबालसंग भने ‘वैदेशिक रोजगारीमा गएका नेपालीलाई भवितव्य परेमा, युद्द ,माहामारी वा अति मानवीय संकट आईलागेमा उद्दार तथा व्यवस्थापन र राहत समेत हुनेगरि पैसा उठाएर कोषमा राखिएको छ, अब त्यो पैसा खर्च गर्ने बेला आएको छ ।’ 

श्रमिकबाट उठाएको पैसा श्रमिककै हितमा खर्च गर्न राज्यले कुनै कन्ज्युस्याई गर्न नहुने उनले बताए । हरेक देशमा संकटमा परेका नेपालीलाई हाम्रा राजदुतावासको संयोजनमा वा एनआरएनको सहयोगमा खान र बस्न को लागि तत्काल कदम चाल्न आवश्यक देखिएको उनको भनाई छ । 

अहिलेको अवस्थामा अर्थतन्त्र भन्दा पनि जनताको अति न्युनतम आवश्यकता धान्न मात्रै सकियो भने पनि त्यो ठुलो उपलब्धि हुने उनले बताए । हाल विदेशमा नेपाली कार्यरत कम्पनीहरुलाई  नेपाली श्रमिकलाई उचित तरिकाले खान बस्न तथा तलब सुविधा उपलब्ध गराउन आग्रह गरिएपनि लकडाउन बढ्दै गए न्युनतम आवश्यकता पुर्याउन नसकिने जवाफ कम्पनीहरुबाट आउन थालेको उनले बताए । एकै कम्पनीमा सयौंको संख्यामा नेपाली श्रमिक छन्, कम्पनी नै महिनौं बन्द हुँदा रोजगारदाता नै भाग्न सक्ने अवस्था आउन सक्ने तर्फ ध्यान जानुपर्नेमा उनले जोड दिए ।  

वैदेशिक रोजगारले धानिरहेको नेपालको अर्थतन्त्र अब त्यही वैदेशिक रोजगार ध्वस्त भएपछि सरकारले विकल्प सोच्नुपर्ने बेला आएको उनको भनाई छ ।  केहि समय पछि लकडाउन पनि खुल्ला होला,लकडाउन खुल्ला भएपश्चात सीमानाका खुलिसकेपछि वैदेशिक रोजगारमा गएका २० देखि २५ प्रतिशत नेपालीहरु नेपाल फर्कने निश्चित नै भई सकेको छ जुन कम्तिमा पनि ९ देखि ११ लाख नेपाली हुनसक्छन् उनले भने ‘११ लाखलाई व्यवस्थापन गर्नु राज्यलाई ठुलो चुनौती हुनेछ । बेरोजगार र अभाव दुवैले जरो गाड्ने छ ।’

हाल विश्वमा द्रुत गतिमा फैलिरहेको महामारीले विश्वकै अर्थतन्त्र डामाडोल बनाउने त निष्चित प्राय नै छ अब विभिन्न क्षेत्र, पेशा र व्यवसाय ध्वस्त त भएको नै छ उनले भने ‘अब यस पछिका चुनौतीहरु छन् त्यो राज्यले कसरी धान्ने भनेर गहन रुपमा छलफल हुन अति आवश्यक छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल