2026-09-25 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सर्वोच्चको आदेश (पूर्ण पाठ सहित)

वैशाख ४, काठमाडौँ | सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट नेपालीहरुलाई तत्काल फिर्ता ल्याउन आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो ।

कोरोना भाइरसको कारण विदेशी मुलुकले आफ्ना नागरिकहरुलाई फिर्ता लगेको र विदेशबाट नेपालीले स्वदेश फर्कन हार गुहार गरेपछि सर्वोच्चले सरकारलाई अन्तरिम आदेश दिएको हो । 

सर्वोच्चको आदेशमा निवेदकले सर्वोच्चसंग माग भएको विषयलाई उठान गर्दै ‘कोरोना (COVID-19) को महामारीले नेपालको अर्थतन्त्रमा ठूलो टेवा दिई वैदेशिक रोजगारीमा रहेको तर हाल रोजगार समेत गुमाई अत्यन्त जोखिम अस्वस्थ, असुरक्षित अवस्थामा रहेको नेपाली नागरिकको जीवनको हक, स्वास्थ्य उपचारको पहुचको हक, विना भेदभाव र विना स्वच्छेचारी देश फर्कन पाउने र उद्दारको हकमा समेत असर पर्न गएको अत्यन्त गम्भीर प्रश्न उठाउनु भएको देखिन्छ ।’ आदेशमा अगाडी लेखिएको छ – ‘आफ्नो नागरिक आफ्नो देशमा विना भेदभाव फर्किन पाउने, उच्च स्तरको मानसिक, शारीरिक, स्वास्थ्यको संरक्षणको अधिकार व्यक्तिको मानव अधिकार हो । नेपालको संविधानको धारा १६ ले सम्मानपूर्ण तरिकाले बाच्न पाउने हकको साथै संविधानको धारा १८ ले नागरिक वीच लिंग, आर्थिक, सामाजिक, धर्म, भाषा, बिचार, राजनीति, शारीरिक स्वास्थ्यको आधारमा समेत भेदभाव गर्न नहुने हकको सुनिस्चितता गरेको छ ।’ उल्लेख छ । 

सर्वोच्चको आदेशले वैदेशिक रोजगार ऐनको व्यवस्थालाई समेत छुँदै नेपाली कामदार रहेको मुलुकका युद्ध, महामारी, प्राकृतिक विपत्ति पछि कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने भएमा फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको समेत स्मरण गराएको छ । साथै फिर्ता गराउँदा क्षेतिपूर्ति दिन वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्न पाउने व्यवस्था गरेको समेत सुझाएको छ । 

सर्वोच्चले कोरोना फैलिएका मुलुकहरुमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको नेपाली राजदुतावास वा श्रम सहचारीमार्फत कोरोना भाइरस संक्रमित नेपाली नागरिक स्वास्थ्य स्थिति प्रतिवेदन तत्काल तयार गर्न समेत भनेको छ । साथै सर्वोच्चले जोखिममा रहेका नेपालीलाई फिर्ता ल्याउने/उद्दारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवार काठमाडौँलाई अन्तरिम आदेश जारी गरेको छ । 

अधिवक्ता सोमप्रसाद लुइटेलसहितले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । यसअघि पनि सर्वोच्चले विदेशमा रहेका नेपालीहरुको बारेमा सरकारको नाममा आदेश जारी गरेको थियो । यसअघि सुरक्षित गर्ने र उनीहरुको उचित व्यवस्थापनको विषयमा सोधेको सर्वोच्चले यस पटक भने उद्धार गर्न भनेको छ ।

यस्तो छ सर्वोच्चको आदेश:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध