2026-09-25 11:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा ४९ नेपालीमा कोरोना सङ्क्रमणको पुष्टि

वैशाख ५, काठमाडौँ | वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । 

दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल एक हजार आठ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ । जसमध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जनाएको छ । 

कूल सङ्क्रमितमध्ये ७२५ जना निको भएर घर फर्किएका दूतावासले जनाएको छ । बहराइनमा हालसम्म ७९ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ बाट बहराइनमा सात जनाको मृत्यु भएको छ । 

बहराइनले यही अप्रिल ७ देखि लागू हुने गरी अवैधानिकरुपमा बसोबास गर्दै आएका कामदारलाई वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० को डिसेम्बरसम्म माफी दिने निर्णय गरेको दूतावासले जनाएको छ । बहराइनमा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ