ललित बोहरा | साउन ३, डडेल्धुरा | आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमको लागि आएको बजेट मध्ये क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन ३, डडेल्धुरा | आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमको लागि आएको बजेट मध्ये क"/>
२३ चैत्र २०८१, शनिबार
अर्थ/विकास

सुदूरपश्चिममा करिब साढे चार अर्ब रुपैयाँ फ्रिज, डडेल्धुराबाट झण्डै ३५ करोड फिर्ता

३ श्रावण २०७३, सोमबार १६:५३

ललित बोहरा | साउन ३, डडेल्धुरा | आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमको लागि आएको बजेट मध्ये करिब साढे चार अर्ब रुपैयाँ फ्रिज भएको छ । सुदूरका नौ जिल्लामा विकास तथा प्रशासनिक खर्चका लागि आएको रकम मध्ये उक्त हिस्सा खर्च हुन नसकेर फिर्ता गएको सम्बन्धित जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएका छन । यो कुल बजेटको ११.८० प्रतिशत हो । प्रशासनिक भन्दा विकास बजेट बढी फ्रिज भएको छ । डडेल्धुरा स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार ३४ करोड ९१ लाख ९३ हजार बजेट फिर्ता गएको छ ।

जिल्लागत रुपमा सबैभन्दा बढी बजेट कैलालीमा फ्रिज भएको छ । कैलालीमा ९ अर्ब २९ करोड ७६ लाख ७३ बजेट आएकोमा ८ अर्ब ३९ करोड ८ लाख २५ हजार खर्च भई ९० करोड ६८ लाख ४८ हजार रकम फ्रिज भएको छ । अछाममा ३ अर्ब ८३ करोड ८८ लाख ७० हजार बजेट आएकोमा ३ अर्ब १४ करोड ५० लाख ४९ हजार खर्च भई ६९ करोड ३८ लाख २१ हजार रकम फ्रिज भएको छ । बाजुरामा २ अर्ब ३ करोड ९८ लाख ८१ हजार बजेट आएकोमा १ अर्ब ८८ करोड ६३ लाख २४ हजार खर्च भएको छ । डोटीमा ४ अर्ब २६ करोड ८९ लाख ६३ हजार बजेट आएकोमा ३ अर्ब ७३ करोड ३३ लाख ९६ हजार खर्च भई ५३ करोड ५५ लाख ६७ हजार रकम फ्रिज भएको छ ।  बझाङले २८ करोड ५८ लाख ७९ हजार खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङले जनाएको छ । बैतडीबाट ६७ करोड ७३ लाख ३७ हजार फिर्ता गएको छ । कञ्चनपुरले ५४ करोड ४७ लाख ४४ हजार रुपैयाँ खर्च गर्न नसकेको बताइएको छ । दार्चुलाले १०.२४ प्रतिशत बजेट खर्च गर्न नसकेर फिर्ता पठाएको छ । कर्मचारी, ठेकेदार तथा उपभोक्ताको लापरबाही र बजेट ढिलो निकासाका कारण आएको रकम खर्च हुन नसकेको सरोकारवालाहरुले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?