पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १०, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो ।

पश्चीम नवलपरासीको बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म उनको टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

छातिमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए । ती बृद्धाको शुरुमा बर्दघाटस्थित चिसापानी अस्पतालमा परीक्षण गरिएको हो । उनको स्वाब निकालेर थप परीक्षण गर्न भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

परीक्षणमा कोरोना संक्रमण देखिएपछि उनका सबै परिवारलाई तत्कालै र्यापिड टेस्ट गरिएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । उनको पिसिआर रिपोर्ट आज बिहानसम्म आउने बताइएको छ ।