२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपाङ्गता भएका छोरालाई आमाको माया…

११ बैशाख २०७७, बिहीबार ०४:०४

हरि बाँस्तोला | वैशाख ११, पोखरा | बन्दाबन्दीका कारण विपन्न मजदुर त समस्यामा छन् नै अपाङ्गता भएका परिवारका लागि यो अभिसाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण यतिखेर जटिल समस्या बनेको हो ।

पोखरा महानगरपालिका–१७ रातोपैह्रा निवासी मनमाया थापाको परिवारमा बन्दाबन्दीले दैनिकीमा समस्या त पारेको छ नै । अपाङ्गता छोराको पेट भर्ने कुराले झन् चिन्तित बनाउँदै आएको थियो । जन्मजात नै अपाङ्गता बनेका उहाँका १८ वर्षीय छोरा पूर्ण थापा जन्मेदेखि नै बिछ्यौनामा हुनुहुन्छ । हातखुट्टा नचल्ने अवस्थाका उनको शरीरको सामान्य सरसफाइदेखि खानपिन सबैमा अरुकै भर पर्नुपर्छ ।

हाते ट्र्याक्टर चलाएर दैनिक गर्जो टार्दै आएका उहाँका श्रीमान् लक्षु थापा यतिखेर बन्दाबन्दीले गर्दा काम पाउनुभएको छैन । ट्याक्सी चलाउँदै आएका अर्का छोरा पनि बन्दाबन्दीका कारण बेरोजगार बनेको उहाँले बताउनुभयो । रातोपैह्रास्थित आफन्तको जग्गामा सानो कोठामा अपाङ्गता छोरासहित सात जनाको परिवारको दैनिकी कष्टकर बनिरहेको वर्तमान अवस्थामा यहाँको एउटा संस्थाले खानाको सेट लिएर पुगेपछि सो परिवारको अनुहारमा एकाएक खुशीयाली छायो ।

बन्दाबन्दीको कारण दैनिक ज्यालादारी गर्ने वा मजदुर वर्गको पेट भोको हुन नदिने लक्ष्यका साथ पोखरा महानगरपालिका र पौरखी स्वयंसेवी समूहको समन्वयमा पोखार–७ मासवारमा रहेको शान्तिनगर बैंक्वेटबाट उहाँको परिवारलाई घरमै खानाको सेट पुगेको हो । अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको चोक नजिकै रहेको थापा परिवारलाई समूहको गाडीमा लगिएको खानाको प्याकेट पाँच जना सदस्यले एक–एक प्याटेक हातहातमा लिएर कोठाभित्र पस्नेबित्तिकै खान शुरु गरे भने आमा मनमायाको भने पहिलो प्राथमिकता अपाङ्गता छोराको पेट भर्नु थियो ।

“बन्दाबन्दीले हामीजस्ता विपन्न तथा असहायलाई समस्या त परेको छ नै यस्तो बेला अपाङ्गताका लागि अझै कष्टकर हुनेरहेछ”, उहाँले भन्नुभयो, “अरुले त आफैँले खान सक्छन्, यो आफैँ खान पनि सक्दैन, त्यसैले पहिले यसलाई खुवाउन लागेकी छु ।”

कोठामा भएको खाद्यान्नलगायतका सम्पूर्ण सामल रित्तिएपछि अपाङ्गता छोरासहितको सिङ्गो परिवार भोकभोकै मरिन्छ कि भन्ने अवस्थामा सहयोगी समूह हाम्रा लागि भगवान् बन्यो । खानाको प्याकेटतर्पm हेरेर हर्षको आँशु झार्दै उहाँले भन्नुभयो, “अपाङ्गता छोरासहीत सातै जना परिवारमा बाँच्ने आशा पलाएर आयो ।”

“खाना स्वादिलो छ, प्रत्येक दिन बिहान र बेलुका खानाको प्याकेट घरमै आउँछ” थापाले भन्नुभयोप “अपाङ्गता छोरासहित सम्पूर्ण परिवार अहिले अघाउने गरी खान पाएका छाँै ।” सो परिवारको दुःख देखेर नै स्थानीय नरबहादुर श्रेष्ठले एक किलो कुखुराको मासु सहयोग गर्नुभएको थियो । सोही स्थानमा खाद्यान्न तथा पैसाको अभावमा चुलो बल्न छाडेको बताउने चार छोराछोरीकी आमा पार्वती भुजेलको परिवारले पनि खानाको प्याकेट पाउन थालेपछि हर्षित भएका छन् ।

श्रीमान्ले कहिले मजदुरीसँगै गण्डकीमा गएर दाउरा ल्याउनुहुन्थ्यो बिक्री गरेर आएको रकमले चार नाबालक छोराछोरीसहित छ जनाको परिवारको दुःखमसुखम जीविकोपार्जन गर्दै आएका थियौँ, अचानक सबै बन्द भयो, दाताले ल्याएको भातको प्याकेट जिउनको लागि आधार बनेको उहाँको भनाइ छ । सो स्थानमा खानाको प्याकेट लिएर पुग्नु्भएका पौरखी स्वयंसेवी समूहका सदस्य विष्णुप्रसाद पौडेलका अनुसार थापा एवं भुजेल परिवार वास्तविक मजदुर र विपन्न भएको बताउनुभयो ।

खान नपाएर कोही पनि भोकै बस्न नपरोस् भन्ने लक्ष्यका साथ शुरु गरिएको राहत अभियान लकडाउन (बन्दाबन्दी) समाप्त नभएसम्म नियमितरूपमा बिहान र बेलुका खाना तत्तत् स्थानमा पु¥याउने विश्वास दिलाउनुभयो । बन्दाबन्दीका कारण दैनिक ज्यादारी गर्ने, मजदुर, असहाय एवं पैदलयात्रीलाई समेत भोजनको व्यवस्था गर्दै आएका छौँ, समूहले अहिले दैनिक एक हजार ५०० को हाराहारीमा खानाको व्यवस्था गर्दै आएको अर्का सदस्य जनक पराजुलीले जानकारी दिनुभयो । संस्थाले शनिबारदेखि बुधबारसम्म चार हजार २९९ जनालाई खानाको व्यवस्था गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो