2026-09-25 11:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएई र मलेसिया खुल्दै

वैशाख १२, काठमाडौं | ठूलो संख्यामा नेपाली कामदार रहेका नेपाली कामदारका गन्तव्य मुलुकहरुमध्ये मलेसिया र यूएईले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण लगाएको प्रतिवन्ध केही खुकुलो बनाउने बताएका छन् । मलेसियाले ३८ दिन अगाडि मार्च १६ तारिकका दिन लगाएको आवागमन प्रतिवन्धलाई केही निश्चित शर्तसहित खुकुलो पार्ने तयारी गरिरहेको बताएको छ ।

बिहीबारसम्म मलेसियामा ५ हजार ६ सय ३ जना कोारोना संक्रमित देखिएका छन् भने त्यहाँ मृत्यु हुनेको संख्या ९५ पुगेको छ । बिहीबार ३७ औं दिनसम्म आवागमन प्रतिवन्धको सरकारी आदेश प्रभावकारी रुपमा कार्यान्वयन भएको भन्दै त्यहाँका स्वास्थ्यकर्मीहरुले विदेशबाट आयातित नभएमा मलेसिया भित्ररहेको कोारोना संक्रमणलाई ट्याकल गरी नियन्त्रण गर्न सकिने भएकोले आवागमन प्रतिवन्धको आदेशलाई खुकुलो पार्नुपर्ने बताएको दि स्टारलगायत त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आर्थिक गतिविधि सक्रिय पार्न आवागमन खुकुलो पार्नु अनिवार्य भएको बताइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले मलेसिया प्रवेश गर्ने मलेसियाली नागरिकबाहेक विदेशी नागरिकहरुमाथि आवागमन प्रतिवन्धसहित शैक्षिक र सामाजिक गतिविधि माथिको प्रतिवन्ध पनि यथावत राख्दै अन्य क्षेत्रमा खुकुलो गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

आवागमन प्रतिवन्धको आदेश खुकुलो बनाउने वा यथावत राख्ने भन्ने विषयमा अन्तिम निर्णयभने मलेसियाको मन्त्रिपरिषद्ले गर्ने छ । त्यसको घोषणा प्रधानमन्त्रीले शुक्रबार अवेरसम्ममा गर्ने बताइएको छ । मलेसियालले यसअघि नै विश्वस्तरमा नै ग्लोब्सको कमी रहेको भन्दै आफ्ना नियमित आयातकर्ताका लागि ग्लोब्स उत्पादन शुरु गरेको थियो ।

मलेसियामा हाल साढे पाँच लाख नेपालीहरु वैधानिक रुपमा काम गरिरहेका छन् । मलेसियाले नेपाली कामदारहरु समेत कार्यरत आर्थिक क्षेत्रमा काम शुरु गरेमा त्यहाँ रहेका नेपालीहरुलाई पनि सहज हुने आंकलन गरिएको छ ।

उता नेपाली कामदारहरुको अर्को आकर्षक गतव्य यूएईले  रमदान नजिक आइरहेको भन्दै दुवई मलजस्ता ठूलाठूला व्यापारिक केन्द्रहरु र मेट्रो रेल सञ्चालन गर्ने तयारी गरेको छ । ती क्षेत्रमा स्थानीयस्तरमा स्यानिटाइजेशन गरेर सरसफाईको क्रम तीव्र बनाइएको यूएईका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यूएईमा बिहीबारसम्म ८ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँ ५६ जनाको मृत्यु भएको छ । यूएईले निरन्तर रुपमा आफ्ना कामदार फिर्ता लैजान विभिन्न देशलाई आग्रह गरिरहेको छ । उक्त आग्रह अनुसार हाल पाकिस्तानले मात्र विमान चार्टर गरी आफ्ना कामदार फर्काउन शुरु गरेको छ । यूएईमा ४ लाख बढी नेपाली रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले यूएईको सेवा क्षेत्र प्रभावित भएको विषयमा मन्त्रालयलाई जानकारी आएको बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ