2026-09-05 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा रहेका नेपालीलाई आफ्नो विवरण पेश गर्न दूतावासको अनुरोध, यसरी भर्नुहोस्

 बैशाख १७, यूएई । यूएईस्थित नेपाली दुतावासले युएईमा कार्यरत नेपालीलाई आफ्ना समस्यासहित विवरण पेश गर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिरहेको बेला यसको जोखिम नेपाली श्रमिकहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागिएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले मंगलबार साँझ सूचना निकालेर यसअघि दूतावासमा टेलिफोन गरेर टिपाएका समस्याहरु पनि व्यवस्थित रुपमा अभिलेख राख्ने र समस्या समाधानका लागि पहल गर्ने जनाएको छ । दूतावासको अधिकारिक वेवसाइटमार्फत वा https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ लिंकमा गएर आवेदन भर्न सकिने छ । यो लिङ्क खोलेर आफ्ना विवरणहरु भरिसकेपछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा

थिच्नुपर्नेछ ।

जतिसक्दो चाँडो आफ्नो विवरण भर्न पनि दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल