Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१२२ जना प्रहरीले गरे एकै पटक बन्जी

२०७७, १९ बैशाख शुक्रबार १३:०५


पर्वत । विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । शनिबार १२२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् ।

नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेका हुन् । सबै असई पोष्टका रहेका छन् भने उनिहरु देशभरीबाट छनोटमा परी आएका हुन । 

युवा ब्यवसायी कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी सहित साहसिक पर्यटन शुरु भएको हो । यो बन्जी विश्वकै दोस्रो अग्लो बन्जीको रुपमा दाबि समेत गरीएको छ । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट झण्डै साढे २ सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेछ । उक्त बन्जीमा कार्की र पर्वतका युवा व्यवसायिहरु समेतगरि ११ जनाको लगानी रहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् । 

बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले यहि माघ १६ गते बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा कालीगण्डकी माथीको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फाली परिक्षण गरे सगै बन्जी गर्नेहरु नियमित सम्पर्कमा आईरहेका छन् ।

बन्जीमा कार्कीसहित कुश्माका युवराज जोशी, नेत्र पराजुली, नवराज पौडेल, राजन जोशी लगायतको लगानी छ । लगानीकर्ताहरुले करिव १५ करोडको अनुमान गरेर बन्जी निर्माण शुरु गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश