Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अस्पताल हाताभित्रै बेचिन्छ मदिरा र सुर्तीजन्य पदार्थ

२०७७, १९ बैशाख शुक्रबार १३:०८


पर्वत । — जिल्ला अस्पताल पर्वतले अस्पतालकै जग्गा भाडामा लगाएर मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रिवितरणको लागि प्रसय दिएको छ । अ्रस्पताल हाता वरपरका दर्जनभन्दा बढी पसलेले खुलेआम सुर्ती तथा मदिराजन्य पदार्थ विक्रिविरण गर्दै आएपनि त्यसलाई हटाउनको लागि कुनै पनि निकायले पहल गरेको छैन ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ अनुसार अस्पतालको एक सय मिटर दुरी वरपर यस्ता पदार्थको प्रयोग र बिक्रीवितरण गर्न पाइँदैन । ऐनले सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगरेट, तमाखु, सुल्फा, कक्कड, खैनी, गुट्खाको प्रयोग र बिक्रीवितरणमा रोक लगाएको छ ।

२०७४ माघ १० गतेको मन्त्रिपरिषद् बैठकले सुर्तीजन्य पदार्थको बजार अनुगमन र नियन्त्रण गर्न सहायक प्रमुख अधिकारी र प्रत्येक स्थानीय तहको प्रशासकीय प्रमुखलाई जिम्मेवारी तोकेको छ । तर पर्वत जिल्लामा भने अनुगमन गरेको पाइदैन ।

कानूनको खिल्लती उडाउँदै जिल्ला अस्पातल हातभित्रै खुलेआम मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रिवितरण हुँदा समेत सरोकारवाला निकाय भए मौन देखिएका छन् । 

राज्यको नीति नियमलाई बेवास्था गर्दै जिल्ला अस्पताल हाता वरपर गैरकानूनी रुपमा मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रिवितरण हु्रँदा समेत सम्बन्ध्रीत निकायले ध्यान नदिएको सर्वसाधरणले गुनासो गरेका छन् । 

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न राम्रो कानुन बनाएको भन्दै अन्तराष्ट्रिय स्तरमा नेपाल पुरस्कृतसमेत भइसकेको छ । तर, कार्यान्वयन पाटो फितलो हुँदा अस्पतालमात्रै होइन सार्वजनिक स्थल र सरकारी कार्यालयमै सुर्तीजन्य पदार्थको बिक्री रोकिएको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश