2026-09-05 01:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो, दुतावासद्वारा यस्तो अपिल

वैशाख २२, काठमाडौँ | कुवेतमा थप ९ जना नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै कुवेतमा कोरोना संक्रमण पुष्टि भएका नेपालीहरुको संख्या ८४ पुगेको छ ।

कुवेत स्थित नेपाली दूतावासका अनुसार पछिल्लो तथ्यांकलाई हेर्दा कुवेतमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या निकै वृद्धि भएको छ । ३ मे २०२० सम्ममा कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि दूतावासले भनेको छ ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले भनेको छ ।

दुतावासले कुवेतमा रहेका नेपालीहरुलाई समस्याहरु यथावत रहेमा दूतावासको टेलिफोन नम्बर, हटलाइन तथा इमेलका माध्यमद्वारा सम्पर्क राखी समस्याबारे जानकारी गराउन सकिने जनाएको छ । जसको लागि दुतावासले टेलिफोन नम्बरहरू २५३२१६०३, २५३२१६०४ र २५३२१६०५ जारी गरेको छ भने हटलाइन नम्बर ९८८६९१२१ जारी गरेको छ । 

दुतावासको पछिल्लो विज्ञप्ति अनुसार कुवेतमा रहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तथा अन्य संघसंस्थाले पनि दुखः कष्टमा परेका नेपालीहरूलार्इ सकेसम्म सहयोग पुर्याउँदै आएको सन्दर्भमा ती कार्यहरूको सराहना गर्दै यसको प्रभावकारिता र पहुँच विस्तारको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने कार्यमा दूतावास निरन्तर क्रियाशील रहने जनाएको छ ।

दुतावासले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएतापनि यसको संक्रमणबाट निको हुनेको संख्या पनि बढ्दै गएको भन्दै यो रोगबाट भयभित नभर्इ, दृढ साहस र उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन एवं निराधार हल्लाको पछि नलाग्न समेत नेपालीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल